ताजा समाचार

ट्रम्प विरुद्ध क्याथोलिक समुदाय आक्रोसित

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोपको रूपमा आफूलाई देखाइएको एक एआई तस्वीर सेयर गरेपछि क्याथोलिक समुदायबाट कडा विरोधको सामना गर्नुपरेको छ।

गत महिनाको २१ अप्रिलमा पोप फ्रान्सिसको निधनपछि क्याथोलिक समुदाय शोकमा रहेको बेला ट्रम्पले आफूलाई पोपको अवतारमा देखाउने फोटो सार्वजनिक गरेका थिए ।

ट्रम्पले सेयर गरेको उक्त तस्वीरमा उनी पोपजस्तै सेतो पोशाक र टोपीमा देखिएका छन् । तस्वीरमा उनी घाँटीमा ठूलो क्रस लगाएर गम्भीर भावमा औँला उठाउँदै उभिएको देख्न सकिन्छ ।

न्यूयोर्क राज्य क्याथोलिक सम्मेलनले ट्रम्पमाथि उनीहरूको आस्थाको मजाक उडाएको आरोप लगाएको छ। यद्यपि राष्ट्रपति ट्रम्प यसरी विवादमा तानिएका पहिलोपटक भने होइन । भ्याटिकनले भने हालसम्म ट्रम्पको उक्त तस्बिरमा कुनै प्रतिक्रिया दिएको छैन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org