एकै छिनमा खाल्डोमा ‘अलप’ भयो तर अझै फेला परेन् !
काठमाडौं । रहस्यमय तवरले मकवानपुरको हेटौंडाको सडक भासिएरको गाडी अझै फेला पार्न सकिएको छैन। हेटौंडा उपमहानगरपालिका–१७ गैरीगाउँस्थित भित्री सडक भासिँदा त्यहाँ रोकेर राखिएको ना ४ ख ४८३३ नम्बरको गाडी भित्रै हराएको छ ।
सडक भासिएर गाडी खस्न थालेपछि चालक हरि राई बाहिर निस्किएका थिए।सडक भासिएर केहि बेरमै बेपत्ता भएपछि त्यहाँ पानी जमेर पोखरीको रूप लिएको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालका अनुसार शुक्रबार प्रमुख जिल्ला अधिकारीसहित प्रहरी घटनास्थल पुगेको थियो। त्यहाँ विभिन्न उपाय लगाएर गाडी खोज्ने प्रयत्न गरिए पनि भेट्टाउन नसकिएको उनले बताए।
भासिएको ठाउँमा पोखरीको स्वरूप बनेपछि दिनभरि मोटर लगाएर त्यहाँ जम्मा भएको पानी बाहिर निकालिएको थियो। उनका अनुसार त्यस ठाउँमा बोरिङ खनिएको थियो। चालक र गाडी धनीसमेत रहेका हरि राईले त्यहाँ पोखरी बनाएर माछापालन समेत गरेका थिए।
सोहि माछा बोक्न प्रयोग गर्दै आएको गाडी नै शुक्रबार बेपत्ता भएको थियो ।
Comments
अरु समाचार
-
नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीलाई इरानमा साढे ७ वर्षको जेल सजाय
काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई इरानको एक अदालतले साढे सात वर्षको जेल सजाय सुनाएको छ । उनका...
-
प्राधिकरणले कर्मचारीलाई भन्यो- सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादाको ख्याल गर
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराएको छ...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
महाशिवरात्रिका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२...
-
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रुपमा मनाइने
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने भएको छ । २००७ साल फागुन ७ गते नेपालमा राणाशासनको अन्त्य गरी...
-
कोइलाखानी विस्फोटमा दाजुभाइको मृत्यु
काठमाडौं । भारतको उत्तर पूर्वमा पार्ने मेघालय राज्यको एक कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिकाका एकै घरका २ दाजुभाइको...
-
निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम
काठमाडौँ। निर्वाचन आयोगले विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको जनाएको छ । आयोगले उपलब्ध गराएको विवरणअनुसार...
-
भण्डारीले सिध्याए निर्वाचन आयोगको साख, अधिकारै नभएको न्यायाधीश नियुक्तिमा लगाम !
काठमाडाैं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा संस्थापन पक्षको भनाइ राख्ने मौकासमेत नदिई एकोहोरो गगन थापा समूहलाई बैधानिकता दिएपछि विवादमा परेको...
-
निर्वाचन सुरक्षाका लागि आजदेखि फिल्डमा नेपाली सेना
काठमाडौं । आगामी निर्वाचनमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्ने क्रममा आजदेखि नेपाली सेना परिचालन गरिएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ,...











