खरो आलोचना गरेका प्रचण्डसंग प्रधानमन्त्री ओलीको हार्दिकताः चर्चा एउटा विषय अर्कै !
काठमाडाैं । राष्ट्रिय राजनीतिमा अनेक शंकाहरु उब्जिएको बेला प्रधानमन्त्री केपी ओलीले नयाँ अभ्यास थालेका छन् ।
प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डलाई समेत प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गरिरहेको बेला देखाएको हार्दिकतालाई अनेक कोणबाट विश्लेषण गरिएपनि हार्दिकता र राजनीतिक रुपमा व्यवहार गरिएकोबाहेक केहि नभएको एमालेको उच्च स्रोतको दाबी छ ।
प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रमको घोर आलोचना गरेर आसनतर्फ फर्किएका प्रचण्डलाई हात मिलाएर केहि समय गफ गरे । नीति तथा कार्यक्रममा आलोचना र विरोध गर्ने प्रतिपक्षी धर्म भएपनि सकारात्मक विषयलाई सहयोग गर्नुपर्ने राजनीतिक संस्कारको विकासका लागि ओलीले आफ्ना पाइला अघि बढाएका हुन् ।
‘प्रतिपक्षी भन्न वित्तिकै बोल्नै नहुने गरि राजनीतिक संस्कार विकास भएको छ । प्रधानमन्त्री ओलीले अब यस्तो तरिकाले मुलुक बन्दैन भनेरै सबैखाले राजनीतिक शक्तिसंगको सहकार्यबाट नेपाललाई समृद्ध बनाउने अठोट गर्नु भएको छ । त्यहि अनुसारको व्यवहार देखिन थालेकोमा राजनीतिक रुपमा अनर्थ लगाउने प्रयास त चलिरहन्छन् ।’ एमाले उच्च अधिकारीले न्यूज नेपालसंग भने ।
संक्रमणकालीन न्याय प्रणालीदेखि गणतन्त्रमाथि प्रश्न उठाउने प्रयास चलिरहेको बेला प्रधानमन्त्री ओलीले देशलाई एकताबद्ध र गणतन्त्रको पक्षमा रहेकाहरुलाई समेटेर अघि बढ्न खोजेका छन् । तर, कतिपयले कांग्रेस तर्साउन प्रधानमन्त्री ओलीले प्रचण्डसंग हार्दिकता देखाएको भन्दै अर्गल प्रचार गरिरहेको एमालेको आरोप छ ।
नेपालको राजनीतिमा चतुर खेलाडी ओलीले नीति तथा कार्यक्रम र बजेट प्रक्रियालाई पारदर्शी र जनतामैत्री बनाउनका लागि प्रतिपक्षीको समेत साथ लिन खोजेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको ७ बुँदे सम्झाैता कार्यान्वयन गर्न संविधान संशोधनको एजेण्डालाई नीति तथा कार्यक्रममै समावेश गरिसकेपछि अब मुलुक सहज ढंगले अघि बढ्ने विश्लेषण समेत हुन थालेका छन् ।
Comments
अरु समाचार
-
आज प्रतिनिधिसभाको बैठक, यस्ता छन् सम्भावित कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने छ । बैठकमा...
-
सत्य निरुपण र बेपत्ता आयोगमा को को नियुक्त भए पदाधिकारी ?
काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन आयोगमा पदाधिकारी नियुक्त गरेको छ । बुधबार अबेर...
-
सर्वोच्चको आदेशसँगै केबलकार निर्माण गर्ने बाटो खुल्यो
काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण कार्य रोक्न यसअघि दिएको अन्तरिम आदेश निरन्तरता दिनु नपर्ने आदेश गरेको छ...
-
‘व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण हुनेछ’
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमै आगामी आवको बजेट निर्माण गरिने बताएका छन्।...
-
क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा
काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा लेग स्पीनर सन्दीप लामिछानेले यसपटक नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सम्झौतामा समावेश नहुने...
-
प्रधानमन्त्रीद्धारा प्रेस चौतारीको प्रशिक्षण वर्ष २०८२ को लोगो सार्वजनिक
काठमाडौं । प्रधानमन्त्री केपी ओलीद्धारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो औपचारिक रूपमा सार्वजनिक गरिएको छ । प्रेस...
-
किरातीले ‘एयरपोर्ट बनाउनु टेम्पो चलाउनु जस्तो होइन’ भनेपछि !
काठमाडौं । पूर्वमन्त्री सुदन किरातीका प्रति धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खनिएका छन्। हर्क धरानमा बन्ने भनिएको एयरपोर्टको विषय झिकेर...
-
काठमाडाैंको मखनटोलमा आगलागी, एक महिलाको गयो ज्यान
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । घरको तेश्रो...
-
सम्पत्ति शुद्धिकरण विभाग रेकर्ड ब्रेकको योजनामा, तथ्याङ्कले के देखाउँछ ?
काठमाडाैं । सम्पत्ति शुद्धिकरण विभागको स्थापनाकालदेखि अहिलेसम्म ४ हजार ३३ उजुरी दर्ता भएका छन् । विभागमा दर्जा उजुरीमध्ये ८० प्रतिशत...