ताजा समाचार

बालाजुमा एटिएम तोडफोड गर्दै गर्दा नुवाकोटका युवा पक्राउ

काठमाडौं । काठमाडौंको बालाजुमा रहेको कुमारी बैंकको एटिएम तोडफोड गर्दै गरेका एक जना पुरूषलाई प्रहरीले पक्राउ गरेको छ ।

मध्यराति साढे १२ बजे काठमाडौं महानगरपालिका वडा नम्बर १६ बाइपास ओरालोबाट एक जनालाई प्रहरीले पक्रेको हो।

कुमारी बैंकको एटिएम तोडफोड गरिरहेको सूचना पछि प्रहरीको टोली एटीएम भएको स्थान तर्फ गएको थियो ।

पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका वडा नं. १३ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १६ माछापोखरी सडक पेटीमा बस्ने वर्ष २९ को ज्ञानेन्द्र ठकुरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

ठकुरीले मापसे गरेर सिमेन्टको ब्लक प्रयोग गरी एटिएम फुटटाएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org