नीति तथा कार्यक्रम ‘थाकेको सरकारले जाँगर नल्याइ ल्याएको पूरानै कार्यसूची’–स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापती तथा प्रतिनिधिसभा सदस्य स्वर्णिम वाग्लेले ‘उपादयता धेरै नभए पनि परम्परा धान्ने’ काम नीति तथा कार्यक्रम सरकारले प्रस्तुत गरेको टिप्पणी गरेका छन् ।
आज, मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफूले विगत १२ वर्षदेखि नीति तथा कार्यक्रम सुन्दै आएको बताए । ‘यो मैले १२ वर्षदेखि चाल लिएर सुन्दै आएको कुरा हो । जो कर्मकाण्डमै सीमित छ,’ वाग्लेले भने ।
निरन्तरतामा क्रमभंगता गर्न सक्दा मात्रै नीति तथा कार्यक्रमको उपादयता हुने उनले बताए । यस वर्षको नीति तथा कार्यक्रम सुनिसकेपछि आफूले ‘थाकेको सरकारले जाँगर नल्याइ ल्याएको पूरानै कार्यसूची’ भनेर प्रतिक्रिया दिएको स्मरण गरे ।
यसको कारण खोतल्दा पनि नीति तथा कार्यक्रमको उपादयता नभेटिने उनको भनाइ छ । त्यस्तै, वाग्लेले कांग्रेस–एमालेबीच भएको सात बुँदे सम्झौता समेत मजाकजस्तो भएको टिप्पणी गरे । सरकार दुई दलबीचको सम्झौता अनुसार अगाडि बढ्न नसक्दा सम्झौतापत्रमा लेखिएका बुँदाहरु मजाकजस्तो भएको उनको बुझाई छ ।
वाग्लेले देशमा आर्थिक तथा प्राकृतिक संकट हुँदा मात्र देशका दुई प्रमुख दल मिल्ने परम्परा रहेपनि वर्तमान सरकारले जनतामा कुनै उत्साह दिन नसेको दाबी गरे । वाग्लेले नीति तथा कार्यक्रममा सरकारले संविधान संशोधन र अर्थतन्त्र सुधारको कुनैपनि कार्यक्रम नराखिएको बताए ।
सरकारको नीति तथा कार्यक्रमप्रति सत्तारुढ दलकै नेताहरु समेत सन्तुष्ट नरहेको उनको टिप्पणी छ । नीति तथा कार्यक्रमका आधारमा बजेट निर्माण गरि कार्यान्वयनमा जोड दिनुपर्ने वाग्लेको भनाइ छ ।
Comments
अरु समाचार
-
वायु सेवा निगमको बैंकक स्टेशन ‘बेस्ट पर्फमेन्स अफ द इयर’, दामोदर मिश्र ‘बेस्ट प्रेजेन्टर’
काठमाडौं । नेपाल वायु सेवा निगमको दुई दिने बैठक विभिन्न १३ वटा निर्णय गर्दै सम्पन्न भएको छ । काठमाडौंमा यही...
-
विश्व पाैडेल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त, सरकार ढल्ने चर्चा हल्लामै सिमित
काठमाडाैं । सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको छ । मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले...
-
ओली र देउवाको वार्ता लगत्तै गर्भनर सिफारिस समितिको बैठक आह्वान !
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन्। मंगलबार दिउँसो ४ बजे बस्ने गरी पौडेलले बैठक बोलाइएका...
-
आज सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा मंगलबार (आज) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १...
-
पोखरा विमानस्थलमा लेखा उसमितिको छानविनमा चिनियाँ कम्पनीको आपत्ति (विज्ञप्तिसहित)
काठमाडाैं । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलबारे संसदको सार्वजनिक लेखा उपसमितिले बनाएको प्रतिवेदनमा परियोजना ठेकेदार कम्पनी चाइना सीएएमसीईले आपत्ति जनाएको छ...
-
कोशीको बजेट अधिवेशन आजदेखि सुरु
काठमाडौं । कोशी प्रदेशसभाको बजेट अधिवेशन आज (आइतबार)देखि सुरु हुँदैछ। प्रदेशसभाका कार्यवाहक सचिव गौतमराज अमात्यले सातौं अधिवेशनको पहिलो बैठक प्रदेशसभा...
-
सुनको मूल्य घट्यो
काठमाडौं । आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला...
-
डिजिटल बोर्ड नहटाउन काठमाडौं महानगरलाई अदालतको आदेश
काठमाडौं । उच्च अदालत पाटनले नियमबमोजिम राखिएका डिजिटल बोर्डहरू जबरजस्ती नहटाउन काठमाडौं महानगरपालिकालाई अन्तरिम आदेश दिएको छ । काठमाडौं महानगर...
-
सुनको मूल्य बढ्यो
काठमाडौं । आज शुक्रबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि...