ताजा समाचार

प्रतिनिधिसभा बैठक आज पनि, नीति तथा कार्यक्रम सम्बन्धी छलफल यथावत्

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बुधबार) पनि बस्ने भएको छ । बैठकमा हिजो मंगलबार जस्तै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ । नीति तथा कार्यक्रममा गत सोमबारदेखि छलफल जारी रहेको हो ।

सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने छ । आज अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन र सङ्घीयता सबलीकरण समितिका बैठक सदन प्रारम्भ हुनुअघि हुँदैछन् ।

राष्ट्रियसभाको बैठकमा पनि नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । राष्ट्रियसभाको बैठक यही वैशाख २८ गते दिउँसो १ः१५ बजे बस्ने छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको महासचिव पद्मप्रसाद पाण्डेले राससलाई बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org