ताजा समाचार

भारत पाकिस्तान द्धन्द्धका बिच चीनको यस्तो प्रतिक्रिया !

काठमाडौं । भारतको पहलगाममा भएको आतंकवादी हमला सँगै बढ्दो भारत पाकिस्तानबिचको तनाव अन्तत युद्धको अवस्थामा परिणत हुने अन्तिम बिन्दुमा पुगेको छ ।

सोहि आतंकवादी हमलालाई लिएर भारतीय सेनाले पाकिस्तानविरुद्ध ‘अपरेशन सिन्दूर’ सुरु गरेसँगै युद्धको अवस्था सिर्जना भएको हो ।

गएराति भारतले पाकिस्तानका विभिन्न नौ स्थानमा हवाई हमला गर्दै आतंकवाद विरुद्धको कारबाही सुरु गरेको जिकिर गरेको छ ।

पहलगाममा भएको हमला बितेको १५ दिन पछि भारतले पाकिस्तानका आतंकवादीहरुका अड्डा लक्षित गर्दै हवाई हमला गरेको छ ।

भारतको उक्त हमलालाई चीनले खेदजनक भन्दै प्रतिक्रिया जनाएको छ । पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीर लगायतका विभिन्न क्षेत्रहरूमा हवाई हमला गरेपछि विश्वका विभिन्न देशहरूबाट प्रतिक्रिया आउने क्रम जारि रहेको अवस्थामा चीनको प्रतिक्रिया आएको हो ।

यहीक्रममा बुधबार चीनको विदेश मन्त्रालयले पाकिस्तानविरुद्ध भारतले चलाएको सैन्य कारबाहीलाई ‘खेदजनक’ भनेको छ।

दक्षिण एसियाली प्रतिद्वन्द्वी मुलुकहरूबीच बढ्दो तनावबारे सोधिएको प्रश्नमा मन्त्रालयका प्रवक्ता माओ निङले चीन यो परिस्थितिप्रति ‘चिन्तित’ रहेको बताएका छन्।

उनले भारत र पाकिस्तान दुवैलाई ‘शान्त रहन, संयम अपनाउन र स्थितिलाई अझ जटिल बनाउने कुनै पनि कार्य नगर्न’ आग्रह गरेका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले के भने ?

चीनले भारतको आज बिहानको सैन्य कारबाहीलाई खेदजनक मानेको छ । चीन हालको परिस्थितिप्रति चिन्तित छ। भारत र पाकिस्तान एक–अर्काका छिमेकी हुन् र सधैं रहिरहनेछन्।

ती दुवै चीनका पनि छिमेकी मुलुकहरू हुन्। चीन सबै प्रकारका आतंकवादको विरोध गर्छ। हामी दुवै पक्षलाई शान्ति र स्थायित्वको बृहत्तर हितका लागि सोच्न, शान्त रहन, संयमता अपनाउन र परिस्थितिलाई अझ जटिल बनाउने कुनै पनि कदम चाल्नबाट जोगिन आग्रह गर्छौं।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org