भारतको हवाई आक्रमणपछि अहिलेसम्म के-के भए ?
काठमाडौं । भारतले गत अफ्रिल २२ मा काश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको जवाफी कारबाही स्वरुप पाकिस्तानमाथि ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत गएराति पाकिस्तानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको छ।
एक नेपाली नागरिक सहित २६ जना पर्यटकको मृत्यु हुने गरि अप्रिल २२ मा भारत–नियन्त्रित कश्मीरमा भएको आतंकवादी हमलाको दोष पाकिस्तानमाथि लगाउँदै भारतले १५ दिन पछि पाकिस्तनमा सैन्य हमला गरेको हो ।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार गएराति भएको हमलामा पाकिस्तानका नौ स्थानलाई लक्षित गरिएको थियो । जसमा भारतले पाकिस्तानी सैन्य इलाकामा नभएर आतंकवादीहरुको अड्मा गरिएको जिकिर गरेको छ ।
हवाई हमलाबाट अहिलेसम्म कति क्षति भयो भन्ने विषयमा दुवैदेशका स्रोतहरुले फरक–फरक दावी गरिरहेका छन् । भने, हमला पछि प्रतिक्रिया दिँदै पाकिस्तानका प्रधानमन्त्री सहवाज सरिफले भारतीय सैन्य हमलाको जवाफ दिने जनाएका छन् ।
भारतको हवाई आक्रमणपछि अहिलेसम्म भएका घटनाक्रमहरु:
– जम्मू–कश्मीरीका पहलगाममा पर्यटकहरुमाथि भएको हमलाको दुई हप्ता पछि, भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका धेरै ठाउँमा हमलाहरू गरिसकेको छ। भारतले यी हमलाहरूलाई ‘अपरेशन सिन्दूर’ नाम दिएको छ।
-भारतले पाकिस्तानका ९ स्थानमा हमला गरेको दाबी गरेको छ।
-पाकिस्तानका विदेश मन्त्री इसहाक डारले आक्रमणमा ८ जना पाकिस्तानी नागरिकको मृत्युको भएको र ३५ जना घाइते भएको पुष्टि गरेका छन्।
-कश्मीरमा पाकिस्तानी सेनाको गोलीबारीमा तीन जना भारतीय नागरिकको मृत्यु भएको छ।
-पाकिस्तान र भारतले धेरै क्षेत्रमा स्कूल र कलेज बन्द गरेका छन्।
-भारतको सैन्य अपरेशनपछि एयर इन्डिया, स्पाइसजेट र इन्डिगोजस्ता प्रमुख एयरलाइन्सहरूले प्रभावित क्षेत्रका उडानहरू स्थगित गरेका छन् ।
Comments
अरु समाचार
-
रास्वपामा मुकुलले चुकुल खोल्ने देखिएपछि हटाइयो कार्यबाहकको फुर्को
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यबाहकको फुर्को आपतकाल परेपछि हटाएको छ । कार्यबाहक महामन्त्री र प्रवक्ताको जिम्मेवारीलाई रास्वपाले...
-
इजरायल-इरानको ‘क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली’ कति शक्तिशाली ?
काठमाडौं । इजरेलसँग विश्वकै सबभन्दा परीक्षित क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली रहेको विश्वास सामान्यतया गरिन्छ। तर इरानसँगको आक्रमण प्रत्याक्रमणका दौरान केही क्षेप्यास्त्रले...
-
प्रतिनिधिसभाको बैठक आज पनि, यस्तो छ कार्यसूची
काठमाडौं । सरकारले गत जेठ १५ गते संसद्मा प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८२’ माथिको छलफल जारी छ । प्रतिनिधिसभाको आज...
-
नेपाल र स्कटल्यान्डको खेलमा कसको कति रन-विकेट ?
काठमाण्डौ। त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि घरेलु टोली स्कटल्यान्डले जितेको छ । गएराति भएको खेलमा नेपाल स्कटल्यान्डसँग ३४ रनले पराजित...
-
आजको राशिफल: २०८२ असार ७ गते शनिबार
मेष:साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा...
-
बीपी राजमार्गमा राति यात्रुवाहक सवारी चलाउन रोक
काठमाडौं । बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा १५ दिनका लागि रातिको समयमा यात्रुवाहक सवारी साधन चलाउन रोक लगाइएको छ।...
-
सिंहदरबारमा छलफलमा जुटे प्रमुख तीन दलका शीर्ष नेता
काठमाडौँ । शीर्ष तीन नेताहरूको बैठक सुरू भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा तीन शीर्ष नेताको बैठक सुरू भएको हो। बैठकमा...
-
भिजिट भिसामा सेटिङः नारायणकाजीको ६ बुँदे खेलोफड्को र रवि कनेक्सन !
काठमाडाैं । भिजिट भिसा प्रकरणलाई व्यवस्थित पार्दै आर्थिक अशुलीलाई चेन अफ कमाण्डमा लैजाने तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले कार्यकालको केहि समय...
-
इरानविरुद्ध अमेरिकाले हमला गर्ने नगर्ने भन्नेमा ट्रम्पले दुई सातामा निर्णय लिने
काठमाडौं । इजरायल-इरान युद्ध चलिरहेको बेला अमेरिकाले के गर्ला ? अहिले यो विषय प्रमुख चासोको रुपमा देखिएको छ । इरानमाथि...