पुटिनले घोषणा गरेको तीन दिने युद्धविराम आजदेखि लागु
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग तीन दिने युद्धविरामका लागि दिएको आदेश बिहीबारदेखि लागू भएको क्रेमलिनले जानकारी गराएको छ ।
युद्धविरामलाई रूसले शान्तिका लागि किएभको तत्परताको परीक्षण भएको बताएको छ । चीनका राष्ट्रपति सी जिनपिङ, ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा. सिल्भा र सर्बियाका अलेक्जेन्डर भुसिकसहितका विश्वका नेताहरू दोस्रो विश्वयुद्धको अन्त्यको सम्झनामा मनाइने कार्यक्रममा सहभागिता जनाउन मस्कोमा रहेका छन् ।
युक्रेनको सेनाले बिहीबार बिहानै पूर्वी सुमी क्षेत्रमा रुसी सेनाले हवाई आक्रमण गरेको बताए पनि रातभर अपेक्षाकृत शान्त देखिएको छ । किएभले कुनै पनि क्षति वा हताहतिको जानकारी दिएको छैन ।
रूसी नेता पुटिनले जर्म नाजीविरूद्ध मस्कोको विजय दिवस परेडको अवसर पारेर एकतर्फी रुपमा अस्थायी युद्धविराम गर्न आदेश दिएका हुन् । यद्यपि, युक्रेनले यो युद्धविराम प्रस्तावमा सहमति जनाएको छैन । युक्रेनले यसलाई नाटकको संज्ञा दिँदै यो युद्धविरामको प्रस्ताव अस्वीकार गरेको छ र यसको सट्टा ३० दिनको युद्धविरामको आह्वान गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत जनवरीमा युक्रेनको सत्ता सम्हालेयता मस्कोले युक्रेनमाथि गरेको तीन वर्षे सैन्य आक्रमण अन्त्य गर्ने प्रयास गरे पनि दुई देशबीचको शत्रुता कम गर्न असफल देखिएका समय एकतर्फी रूपमा भएको युद्धविरामलाई पुटिनको रणनीतिका रूपमा अथ्र्याइएको छ ।
पुटिनको आदेश लागू हुनुभन्दा केही घण्टाअघि मस्को र किएभले हवाई आक्रमण गरेका छन् जसका कारण रुसी एक विमानस्थलमा सेवा अवरूद्ध भएको छ भने युक्रेनमा कम्तीमा दुई जनाको मृत्यु भएको थियो ।
रुसको पश्चिमी क्षेत्रमा रहेको निज्नी नोभगोरोड विमानस्थलमा ‘नागरिक र उडानको सुरक्षा सुनिश्चित गर्न’ बिहीबार बिहान करिब डेढ घण्टाका लागि बन्द गरिएको सङ्घीय हवाई यातायात निकायका प्रवक्ताले बताएका छन् ।
क्रेमलिनले रुसी सेनाले पुटिनको आदेशलाई पालना गर्ने तर आक्रमण भएमा तुरुन्तै जवाफ दिने बताएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार साँझ आफ्नो सम्बोधनमा ३० दिने युद्धविरामका लागि आह्वान गरेका छन् ।
“कूटनीतिलाई मौका दिन सक्ने यो (३० दिने युद्धविराम) प्रस्ताव हामीले फिर्ता लिएका छैनौँ। तर विश्वले रुसबाट कुनै प्रतिक्रिया देखिरहेको छैन,” उनले भने ।
Comments
अरु समाचार
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ सुरु
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाइ विशेष अदालतमा सुरु भएको छ। अख्तियार...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
युवा नेता उमेश आचार्यले एमाले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने !
काठमाडौं । नेकपा एमालेका युवा नेता उमेश आचार्यले पार्टीको ११औं राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। बि.स.२०५८...
-
‘अब फेरि हाहुकै भरमा सरकार बन्दैन, निर्वाचन पछि एमालेकै बन्छ’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि एमाले सरकारमा आउने बताएका छन् । शनिबार एमाले...
-
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक तर्फको कार्यक्रम आजदेखि सुरु !
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक...












