‘भारत र पाकिस्तानबीचको तनावमा अमेरिकाले हस्तक्षेप नगर्ने’: उपराष्ट्रपती भान्स
काठमाडौं । पछिल्ला दिनहरुमा दुई छिमेकी देशहरु भारत र पाकिस्तान आपसमा गोलाबारी गरिरहँदा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन् ।
गत अप्रिल महिनाको २२ तारिखमा भारतको काश्मीरको पर्यटकिय स्थल पहलगाममा भएको आतंकवादी हमलाको जवाफ भारतले मे ७ मा पाकिस्तानका आतंकवाद लक्ष्यित हमला‘अपरेशन सिन्दुर’ गरेपछि चुलिएको द्धन्द्धका बिच अमेरिकी उपराष्ट्रपती भान्सको प्रतिक्रिया आएको हो ।
उनले, भारत र पाकिस्तानबीचको बढ्दो तनावमा अमेरिकाले हस्तक्षेप नगर्ने भन्दै प्रतिक्रिया दिएका छन् । भान्सले बिहीबार फक्स न्युजसँगको अन्तर्वार्तामा भारत पाकिस्तानबीचको ‘युद्ध’मा अमेरिका संलग्न नहुने र हस्तक्षेप नगर्ने बताएका हुन्।
‘हामी तनाव कम गराउने प्रयत्नसम्म गर्न सक्छौं। तर युद्धमा संलग्न हुन्नौं। त्यो हाम्रो काम होइन,’उनले भनेका छन्। भान्सले भारत-पाकिस्तानबीचको तनाव अमेरिकाको मामिला नभएको पनि बताएका छन्। यद्यपि कुटनीतिक माध्यमबाट तनावग्रस्त अवस्थालाई समाधानको प्रयत्न भने गर्न सकिने बताएका छन् ।
‘हामी यी दुवै देशलाई नियन्त्रण गर्न सक्दैनौं । त्यसकारण आधारभूत रूपमा यो हाम्रो सरोकारको विषय पनि होइन,’ उनले भनेका छन्।
भान्सले भारत–पाकिस्तानबीचको तनाव क्षेत्रीय युद्ध वा परमाणु संघर्षमा परिणत नहुने आशा व्यक्त गरेका छन्। यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच शान्ति स्थापना गर्न आफू मध्यस्थकर्ताको भूमिका खेल्न तयार रहेको बताएका थिए।
बुधबार राति भारतले पाकिस्तानका ९ स्थानमा निशाना बनाएर मिसाइल आक्रमण गरेपछि पनि ट्रम्पले भारत–पाकिस्तान तनाव धेरै लामो नजाने आशा व्यक्त गरेका थिए।
पाकिस्तानले बुधबारको आक्रमणको जबाफस्वरूप भारतका विभिन्न भूभागहरूमा मिसाइल र ड्रोनले प्रहार गरेको छ। भारतको हवाइ प्रतिरक्षा प्रणालीले पाकिस्तानले प्रहार गरेका मिसाइलहरू नष्ट गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
Comments
अरु समाचार
-
काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डेलाई प्रशासकीय अधिकृत गुरगाँईले सोधे स्पष्टीकरण !
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका छन् । पाण्डेलाई ७...
-
कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष पक्राउ !
काठमाडौं । विद्युतीय अपराध सम्बन्धी कसुरमा कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । पक्राउ पूर्जी जारी भएपछि...
-
ओली र देउवाको वार्ता लगत्तै गर्भनर सिफारिस समितिको बैठक आह्वान !
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन्। मंगलबार दिउँसो ४ बजे बस्ने गरी पौडेलले बैठक बोलाइएका...
-
मन्त्रिपरिषद बैठक बस्दै !
काठमाडौं । बालुवाटारमा मंगलबार आज साँझ ५ बजे बस्नेगरी मन्त्रिपरिगषद् बैठक बोलाइएको छ । आजै कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री...
-
ओली र देउवाबीच बालुवाटारमा भेटवार्ता !
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। अहिले...
-
जेठ १५ पछि निर्णयक आन्दोलन गर्ने लिङ्देनको उद्घोष, प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टर सुविधा !
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि गणतन्त्र दिवसको दिनदेखि सुरु गर्ने आन्दोलन निर्णायक हुने...
-
प्रधानमन्त्री अस्वस्थ हुँदा सांसदसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित !
काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री उपस्थित नहुने भएका छन् । प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएपछि सांसदसँगको प्रश्नोत्तर...
-
संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाकै व्यक्ति केन्द्रित बहस, महान्यायाधिवक्ताको तर्क बलियो बन्दा जवाफमा लाञ्छना !
काठमाडाैं । जब मानिसमा तर्कमा बल पुग्दैन, तत्पश्चात् उसले कुतर्क गर्दछ, कतिपय अवस्थामा त मुढे बल प्रयोग गर्दछ । यदाकदा...
-
के ओली देउवाबीच सम्बन्ध चिसिएकै हो ?
काठमाडाैं । प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच अन्तिममा आएर भेटवार्ता रोकिएपछि यसबारे अनेक अड्कलबाजी हुन थालेका छन्...