ताजा समाचार

भारत पाकिस्तान तनावः रास्वपा पनि भारतकै पक्षमा

काठमाडौं । पछिल्ला दिनमा बढ्दै गएको भारत–पाकिस्तान तनावका बीच नेपाल सरकारले भारतको पक्षमा उभिने निर्णय गरेको छ ।

सो निर्णयलाई संसदको चौथो ठूलो दल रास्वपाले आज एक विज्ञप्ति जारी गर्दै सर्मथन गरेको छ । आज सार्वजनक विज्ञप्तिमा नेपाल आतंकवादका विरुद्ध उभिनु स्वागतयोग्य रहेको रास्वपाले उल्लेख गरेको छ ।

रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘परराष्ट्र मन्त्रालयले ढिलै गरेर भएपनि, हिजो साँझ वक्तव्यमार्फत सार्वजनिक गरेको आतंकवादका विरुद्धको अडानको स्वागत गर्दै भारतपाकिस्तानबीच ‘युद्ध’ को स्थिति बन्न गएमा नेपाललाई पर्ने सक्ने सुरक्षा, आर्थिक र आपूर्ति शृङ्खलाको असरका साथै पश्चिम भारतमा र पाकिस्तानमा रहेका नेपालीहरूमाथि पर्न सक्ने प्रभावको आँकलन गरी योजना निर्माण गर्न माग गर्दछु।’

एक नेपाली नागरिक सहित २६ जनाको ज्यान लिने गरी पहलगाम, कश्मिरमा भएको आतंकवादी हमलाप्रति रास्वपाले कडा निन्दा गरेको छ । यसैबीच पाकिस्तानमा अध्ययनरत ८० जना विद्यार्थीहरूले उद्धारको अनुरोध गरेका छन् ।

विद्यार्थीहरूको तुरुन्त उद्धार र सुरक्षाको पहल गर्न साथै संसदलाई समग्र परिस्थितिको मूल्याङ्कन र नेपाल सरकारको तयारीबारे जानकारी गराउन र रुलिङ गर्न विज्ञप्तिमा माग गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org