ताजा समाचार

नेपाल र भारतको सीमा क्षेत्रमा नजान चिनियाँ नागरिकलाई दूतावासको आग्रह

काठमाडौं । पछिल्लो समय दुई छिमेकीहरु भारत र पाकिस्तानबिच बढ्दो तनावका बिच चिनियाँ दूतावासले आफ्ना नागरिकहरुलाई नेपाल र भारतको सीमा क्षेत्रमा नजान अपिल गरेको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासले भारत र पाकिस्तानबीच तनाव बढेकाले भूलवश पनि भारतीय सीमानाभित्र प्रवेश नगर्न सुचना जारि गरेको छ । दूतावासले नेपाल र भारतको बीचमा खुला सीमाना रहेको र केही ठाउँमा मात्र सीमानबारे सूचना रहेको उल्लेख गर्दै नेपाली र भारतीय नागरिक एक अर्को मुलुकमा खुला रुपमा हिँडडुल गर्न सक्ने अवस्था भए पनि चीन लगायतका तेस्रो देशका नागरिक भिसा बेगर यात्रा गर्न नसक्ने सूचित गरेको छ।

‘नेपाल भ्रमण गर्ने चिनियाँ नागरिकलाई हामी नेपाली गाइडहरुलाई आँखा चिम्लिएर विश्वास नगर्न, भूलवश पनि भारतीयी बोर्डरमा भिसा बेगर प्रवेश नगर्न र हचुवा ढंगले र व्यक्तिगत असावधानी नअपनाउन आग्रह गर्दछौँ’, विज्ञप्तीमा भनिएको छ, ‘भूलवश पनि भारत प्रवेश गरे दुई देखी ८ वर्ष जेल सजाय र जरिवना हुनसक्छ। साथै त्यहाँ जमानत पाउन मुस्किल छ।’

दूतावासले सूचनामा नेपाली र भारतीय सुरक्षा अंगले चेक जाँच बढाएको र संयुक्त गस्ती गरिरहेको उल्लेख गरेको छ। साथै भारतीय पक्षले सीमाका संवदेनशील क्षेत्रमा नियन्त्रण र जाँच बढाएको जनाइएको छ।

नेपालबाट भारत जानैपर्ने भए पहिला नै भिसा प्राप्त गर्न पनि दूतावासले आफ्ना नागरिकलाई आग्रह गरेको छ। साथै आफ्ना नागरिकहरुलाई भारतीय सीमा चेकपोस्ट र सवारी साधनको फोटो नखिच्न समेत आग्रह गरेको छ । दूतावासले भारतमा रहँदा पनि अनुमति नभएका स्थानमा नजान नागरिकहरुलाई सचेत गराएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org