अख्तियारमा उजुरी पर्ने बित्तिकै आत्तिनु पर्दैनः आयुक्त सिलवाल
कपिलवस्तुमा अख्तियारका २ सय ३५ उजुरी
कपिलवस्तु । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर कुमार सिलवालले अख्तियारमा उजुरी पर्ने बित्तिकै सबै सकियो भन्ने भ्रम हटाउनु पर्नेमा जोड दिएका छन् । अख्तियार अनुसन्धान आयोगको कार्यालय बुटवलद्वारा कपिलवस्तुको तौलिहवामा शुक्रबार आयोजित भ्रष्ट्राचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा आयुक्त सिलवालले उक्त कुरामा जोड दिएका हुन् ।
उजुरीका क्रममा बोलाउनु भनेको सफाईकालागि मौका दिएको बुझ्नु पर्ने आयुक्त सिलवालले स्पष्ट पारे । सिलवालले भने,‘सधैँ उजुरीले नराम्रो गर्ने मात्र होइन, केहीले राम्रो समेत गर्छ ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी बुटवल स्थित कार्यालयकी प्रमुख बिनिता भट्टराईले आफ्नो कार्यक्षेत्रमा पर्ने लुम्बिनी प्रदेशका नौ जिल्लामा कुल १ हजार ४८ उजुरी परेका जानकारी दिइन् । रुपन्देहीमा सबै भन्दा बढी ३ सय ९१ उजुरी परेका छन् । रुपन्देही पछि कपिलवस्तुमा दोश्रो बढी उजुरी परेको भट्टराईले जानकारी दिइन् । नवलपरासी पश्चिम १ सय १२, अर्घाखाँची ७७, गुल्मी ७१, नवलपरासी सुस्ता पूर्व ६६, प्युठान १४ र दाङका १३ उजुरी परेका हुन् । गत आर्थिक वर्ष जिम्मेवारी सरेर आएका ४ सय ३४ र यस वर्ष नौ जिल्लामा गरी १ हजार ४८ मुद्दा रहेका थिए । जसमध्ये १ हजार ५८ मुद्दा फछ्र्यौट भई ४ सय २४ मुद्दा मात्र बाँकी रहेको भट्टराईले बताईन ।
सबैभन्दा बढी कपिलवस्तु नगरपालिकाका ६१, कृष्णनगरका ५९, मायादेवी र यशोधरा गाउँपालिकाका ३१÷३१, बाणगंगा नगरपालिकाका १७, सुद्धोदन १६, विजयनगर १४,महाराजगंज नगरपालिका ११ र शिवराज नगरपालिकाका ९ उजुरी रहेका छन् । उजुरी परेका मध्ये १ सय ३० को विस्तृत अनुसन्धान प्रक्रिया अघि बढाइएको र त्यस मध्ये ७० वटाको अनुसन्धान सम्पन्न गरिएको भट्टराईले बताईन् ।
कार्यक्रमको अवसरमा प्रजिअ दिल कुमार तामाङले पारदर्शी, जिम्मेवारी र विधिअनुसार काम गर्नु पर्ने बताए । व्यक्ति केन्द्रित र आफूलाई नै साध्य मानेर काम गर्ने प्रवृत्तिले गर्दा भ्रष्ट्राचार बढेको उनले स्पष्ट पारे । आफूले भ्रष्ट्राचार गरे पनि दूधको धोएको जस्तो देखिने र अरुलाई भ्रष्ट्राचारी देख्ने चलन बढेकोले समेत समस्या आउने गरेको जनाउँदै उनले कानुनले निषेधित गरेका काम गर्न नहुनेमा जोड दिए ।
कार्यक्रमको अवसरमा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले कपिलवस्तुमा आफैंले सहमति गर्ने अनि उसैले अख्तियारमा उजुरी गर्नै प्रवृत्ति बढेको बताए । उनले केहीले दुःख दिनैका लागि समेत उजुरी दिने गरेको बताए । उनले अख्तियारले समेत यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नु पर्नेमा जोड दिए ।
सो अवसरमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले आफ्नो पालिकामा अनावश्यक अख्तियारमा उजुरी परेकोले कर्मचारीको मनोबल खस्किएको बताए । उनले अहिले सम्म दिएको उजुरीमा कोही पनि दोषी नदेखिएकाले समेत यो दुःख दिने नियतले नै गरिएको भन्ने प्रस्ट भएको बताए । उनले दुःख दिने नियतले गरिएको उजुरीका बिषयमा अख्तियारले ध्यान दिनु पर्ने बताए ।
कार्यक्रममा १४ जनाले विभिन्न जिज्ञासा राखेका थिए । आयोगका सह सचिव रमेश कुमार केसीले जिज्ञासाका बिषयमा सुझाव दिएका थिए । कार्यक्रममा महराजगंज नगरपालिकाका मेयर अब्दुल कलाम खाँ, बाणगंगा नगरपालिकाका मेयर चक्रपाणि अर्याल, मायादेबी गाउँपालिका अध्यक्ष वलीउद्दीन मुसलमान लगायतको सहभागिता थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चालु आर्थिक वर्षको साउनदेखि चैत महिनासम्म कपिलवस्तुका २ सय ३५ उजुरी परेका छन् । संघीय, प्रदेश र स्थानीय तह गरी उक्त संख्यामा उजुरी परेका हुन् । नौ महिना र गत वर्ष जिम्मेवारी सरेर आएको गरी कुल ३ सय ५० मध्ये २ सय ८० कपिलवस्तुका १० पालिकाबाट आएको तथ्यांक सार्वजनिक भएको छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...
-
‘अब फेरि हाहुकै भरमा सरकार बन्दैन, निर्वाचन पछि एमालेकै बन्छ’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि एमाले सरकारमा आउने बताएका छन् । शनिबार एमाले...
-
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक तर्फको कार्यक्रम आजदेखि सुरु !
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक...
-
राष्ट्रिय जागृति क्लब गछिया गोल्डकपको फाइनलमा प्रवेश
गछिया, मोरङ। अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि राष्ट्रिय जागृति क्लब र गाईघाट युनाइटेड प्रतिस्पर्धा गर्ने भएका...












