अख्तियारमा उजुरी पर्ने बित्तिकै आत्तिनु पर्दैनः आयुक्त सिलवाल
कपिलवस्तुमा अख्तियारका २ सय ३५ उजुरी
कपिलवस्तु । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर कुमार सिलवालले अख्तियारमा उजुरी पर्ने बित्तिकै सबै सकियो भन्ने भ्रम हटाउनु पर्नेमा जोड दिएका छन् । अख्तियार अनुसन्धान आयोगको कार्यालय बुटवलद्वारा कपिलवस्तुको तौलिहवामा शुक्रबार आयोजित भ्रष्ट्राचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा आयुक्त सिलवालले उक्त कुरामा जोड दिएका हुन् ।
उजुरीका क्रममा बोलाउनु भनेको सफाईकालागि मौका दिएको बुझ्नु पर्ने आयुक्त सिलवालले स्पष्ट पारे । सिलवालले भने,‘सधैँ उजुरीले नराम्रो गर्ने मात्र होइन, केहीले राम्रो समेत गर्छ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी बुटवल स्थित कार्यालयकी प्रमुख बिनिता भट्टराईले आफ्नो कार्यक्षेत्रमा पर्ने लुम्बिनी प्रदेशका नौ जिल्लामा कुल १ हजार ४८ उजुरी परेका जानकारी दिइन् । रुपन्देहीमा सबै भन्दा बढी ३ सय ९१ उजुरी परेका छन् । रुपन्देही पछि कपिलवस्तुमा दोश्रो बढी उजुरी परेको भट्टराईले जानकारी दिइन् । नवलपरासी पश्चिम १ सय १२, अर्घाखाँची ७७, गुल्मी ७१, नवलपरासी सुस्ता पूर्व ६६, प्युठान १४ र दाङका १३ उजुरी परेका हुन् । गत आर्थिक वर्ष जिम्मेवारी सरेर आएका ४ सय ३४ र यस वर्ष नौ जिल्लामा गरी १ हजार ४८ मुद्दा रहेका थिए । जसमध्ये १ हजार ५८ मुद्दा फछ्र्यौट भई ४ सय २४ मुद्दा मात्र बाँकी रहेको भट्टराईले बताईन ।
सबैभन्दा बढी कपिलवस्तु नगरपालिकाका ६१, कृष्णनगरका ५९, मायादेवी र यशोधरा गाउँपालिकाका ३१÷३१, बाणगंगा नगरपालिकाका १७, सुद्धोदन १६, विजयनगर १४,महाराजगंज नगरपालिका ११ र शिवराज नगरपालिकाका ९ उजुरी रहेका छन् । उजुरी परेका मध्ये १ सय ३० को विस्तृत अनुसन्धान प्रक्रिया अघि बढाइएको र त्यस मध्ये ७० वटाको अनुसन्धान सम्पन्न गरिएको भट्टराईले बताईन् ।
कार्यक्रमको अवसरमा प्रजिअ दिल कुमार तामाङले पारदर्शी, जिम्मेवारी र विधिअनुसार काम गर्नु पर्ने बताए । व्यक्ति केन्द्रित र आफूलाई नै साध्य मानेर काम गर्ने प्रवृत्तिले गर्दा भ्रष्ट्राचार बढेको उनले स्पष्ट पारे । आफूले भ्रष्ट्राचार गरे पनि दूधको धोएको जस्तो देखिने र अरुलाई भ्रष्ट्राचारी देख्ने चलन बढेकोले समेत समस्या आउने गरेको जनाउँदै उनले कानुनले निषेधित गरेका काम गर्न नहुनेमा जोड दिए ।
कार्यक्रमको अवसरमा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले कपिलवस्तुमा आफैंले सहमति गर्ने अनि उसैले अख्तियारमा उजुरी गर्नै प्रवृत्ति बढेको बताए । उनले केहीले दुःख दिनैका लागि समेत उजुरी दिने गरेको बताए । उनले अख्तियारले समेत यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नु पर्नेमा जोड दिए ।
सो अवसरमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले आफ्नो पालिकामा अनावश्यक अख्तियारमा उजुरी परेकोले कर्मचारीको मनोबल खस्किएको बताए । उनले अहिले सम्म दिएको उजुरीमा कोही पनि दोषी नदेखिएकाले समेत यो दुःख दिने नियतले नै गरिएको भन्ने प्रस्ट भएको बताए । उनले दुःख दिने नियतले गरिएको उजुरीका बिषयमा अख्तियारले ध्यान दिनु पर्ने बताए ।
कार्यक्रममा १४ जनाले विभिन्न जिज्ञासा राखेका थिए । आयोगका सह सचिव रमेश कुमार केसीले जिज्ञासाका बिषयमा सुझाव दिएका थिए । कार्यक्रममा महराजगंज नगरपालिकाका मेयर अब्दुल कलाम खाँ, बाणगंगा नगरपालिकाका मेयर चक्रपाणि अर्याल, मायादेबी गाउँपालिका अध्यक्ष वलीउद्दीन मुसलमान लगायतको सहभागिता थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चालु आर्थिक वर्षको साउनदेखि चैत महिनासम्म कपिलवस्तुका २ सय ३५ उजुरी परेका छन् । संघीय, प्रदेश र स्थानीय तह गरी उक्त संख्यामा उजुरी परेका हुन् । नौ महिना र गत वर्ष जिम्मेवारी सरेर आएको गरी कुल ३ सय ५० मध्ये २ सय ८० कपिलवस्तुका १० पालिकाबाट आएको तथ्यांक सार्वजनिक भएको छ ।
Comments
अरु समाचार
-
वायु सेवा निगमको बैंकक स्टेशन ‘बेस्ट पर्फमेन्स अफ द इयर’, दामोदर मिश्र ‘बेस्ट प्रेजेन्टर’
काठमाडौं । नेपाल वायु सेवा निगमको दुई दिने बैठक विभिन्न १३ वटा निर्णय गर्दै सम्पन्न भएको छ । काठमाडौंमा यही...
-
विश्व पाैडेल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त, सरकार ढल्ने चर्चा हल्लामै सिमित
काठमाडाैं । सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको छ । मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले...
-
बालेनका राइट ह्याण्ड राजुनाथ पाण्डे कारबाहीको अन्तिम चरणमा !
काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साह 'बालेन'का राइटह्यण्ड राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधिएको छ । काठमाडाैं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत...
-
कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष पक्राउ !
काठमाडौं । विद्युतीय अपराध सम्बन्धी कसुरमा कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । पक्राउ पूर्जी जारी भएपछि...
-
पूर्वप्रधानमन्त्री प्रचण्डको आग्रहमा पारिवारिक भ्रमण रोकेकी पूर्वराष्ट्रपति विद्यादेवी चीन जाँदै
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाने भएकी छन् । २०८१ जेठ २७ गते प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
-
संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाकै व्यक्ति केन्द्रित बहस, महान्यायाधिवक्ताको तर्क बलियो बन्दा जवाफमा लाञ्छना !
काठमाडाैं । जब मानिसमा तर्कमा बल पुग्दैन, तत्पश्चात् उसले कुतर्क गर्दछ, कतिपय अवस्थामा त मुढे बल प्रयोग गर्दछ । यदाकदा...
-
के ओली देउवाबीच सम्बन्ध चिसिएकै हो ?
काठमाडाैं । प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच अन्तिममा आएर भेटवार्ता रोकिएपछि यसबारे अनेक अड्कलबाजी हुन थालेका छन्...
-
विश्वमा चट्याङबाट हुने जोखिममा नेपाल पाँचौँ स्थानमा !
काठमाडौं । नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते...
-
हैदरावादसँग पराजित भयो लखनउ, प्लेअफबाट बाहिरियो
काठमाण्डौ। लखनउ सुपर जायन्ट्स आईपीएलको प्लेअफ होडबाट बाहिरिएको छ । सोमबार सनराइजर्स हैदराबादसँग पराजित भएसँगै लखनउको प्लेअफ सम्भावना सकिएको हो...