ताजा समाचार

एनआरएनए विवादमा ओलीको कडा सन्देश, महेश श्रेष्ठ के गर्लान ?

काठमाडाैं । गैरआवासी नेपाली संघ (एनआरएनए)को विवादमा प्रधानमन्त्री केपी ओलीले कडा कदम चालेका छन् ।

सत्ता गठबन्धनमा रहेको कांग्रेसले आफू निकट महेश श्रेष्ठलाई एकलाैटी अध्यक्ष चयन गराएपछि प्रधानमन्त्री ओलीले बद्रि केसी नेतृत्वको टोलीलई नै एनआरएनएको वैधता दिएको संकेत गरेका छन् ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले माओवादी केन्द्रसहितका केहि दलहरुसंग मिलेर एकताको महाधिवेशन सार्न आफैले दिएको निवेदनविरुद्ध गई महेश श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत बनाएको नाटक मञ्चन गरेपछि प्रधानमन्त्री ओलीले बालुवाटारबाटै यस्तो सन्देश दिएका हुन् ।

एकताको महाधिवेशन सार्ने पक्षमा रहेकी आरजुले अन्तिममा परराष्ट्र मन्त्रालतले सर्वोच्चमा दिएको निवेदन फिर्ताको अर्को निवेदन नै दिएर महाधिवेशन गराएपछि प्रधानमन्त्री ओली असन्तुष्ट बनेका हुन् । आआरजुले उद्घाटन गरेको कार्यक्रमको समापनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहभागी बनेका थिए भने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत पनि उपस्थित भएका थिए ।

उसोतः यसअघि एनआरएको महाधिवेशनमा राष्ट्रपति वा प्रधानमन्त्री प्रमुख अतिथि बन्ने परम्परा देखिन्छ । तर, शेष घलेले फेस सेभिङ गर्न आरजुलाई उपस्थित गराएर महाधिवेशन गराएका हुन् ।

उसोतः परराष्ट्रले महेश श्रेष्ठको टिमलाई वैधता दिएपनि प्रधानमन्त्री ओलीले यसको वास्ता गरेका छैनन् । बालुवाटारबाटै बद्रि केसीलाई वैधता दिएको सन्देश दिएका छन् ।

उसोतः एनआरएन विवादको छिनोफानो सर्वोच्चको पूर्ण इजलासबाट हुने भएको छ । त्यतिञ्जेल एमाले निकट बद्री र कांग्रेस निकट महेश नेतृत्वका दुवै कमिटीले आफू आधिकारिक रहेको दाबी गरिरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org