ताजा समाचार

अन्तर्राष्ट्रियस्तरमा द्वन्द्व समाधान गर्न बुद्धका सन्देश महत्त्वपूर्णः प्रधानमन्त्री ओली

काठमाडौं । आज बैशाख २९ गते २५६९ औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित विषेश समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध शिक्षालाई आत्मसात गरेरै अन्तर्राष्ट्रियस्तरमा बढिरहेको द्वन्द्व अन्त्यका लागि नेपालले अनुरोध गरिरहेको बताएका छन् ।

त्यस्तै, पछिल्ला दिनहरुमा बढ्दै गएको भारत र पाकिस्तान बिचको द्धन्द्ध अन्त्यमा पनि नेपालले शान्तीका लागि अनुरोध गरेको र अनुरोध पश्चात युद्ध रोकिएको दावि गरेका छन् । कार्यक्रममा बोल्दै उनले भने,’गत साता भारत–पाकिस्तानबीच तनाव उत्पन्न हुँदा पनि हामीले शान्ति कायम गर्न अनुरोध गर्यौँ,’ उनले भने, ’हाम्रो अनुरोधपछि भारत–पाकिस्तानको लडाइँ रोकियो ।’

त्यस्तै, बुद्ध शिक्षाको महत्त्व अहिले पनि व्यक्ति, परिवार र मुलुकका लागि अपरिहार्य रहेको उनले बताए । अहिले विश्वमा आम विध्वंसका हतियार निर्माण गरिनु खतरनाक भएकाले त्यसबाट उन्मुक्तिका लागि पनि विश्व शान्तिको पक्षमा लाग्नुपर्ने उनको भनाई थियो ।

सोमबार बिहान जहाजबाट रुपन्देही आएका प्रधानमन्त्रीले समारोह अगाडि मायादेवी मन्दिरमा पूजा गरेका थिए ।

मूल समारोहमा सहभागी संयुक्त राष्ट्रसंघका अवासीय प्रतिनिधि, नेपालका लागि चीन, भारत र थाइल्यान्डका राजदूतले शुभकामना प्रदान गरेका थिए । उनीहरूले वर्तमान विश्वमा शान्ति कायम गर्न बुद्धका सन्देशको महत्त्व रहेको बताए ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन लुम्बिनीमा बुद्धजयन्ती मनाउने गरिएको छ । यस वर्ष लुम्बिनी विकास कोषले तीन दिन विभिन्न कार्यक्रम आयोजना गरेर बुद्ध जयन्ती मनाइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org