ताजा समाचार

विश्वकप एसिया छनोटः नेपाल र हङकङ भिड्दै

काठमाडौं । थाइल्याण्डमा जारि आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा आज नेपाल हङकङसँग भिड्दैछ ।

छनोटको समूह ‘सि’मा रहेको नेपाल र हङकङबीचको खेल बैंककस्थित टेरथाई क्रिकेट ग्राउण्डमा बिहान १२ः३५ बजे सुरु हुनेछ ।

डबल राउण्ड रोविन प्रणालीमा भइरहेको छनोट प्रतियोगितामा यी दुई टोलीबीचको पहिलो खेलमा वर्षाका कारण टस नभई रद्द भएको थियो । त्यस्तै, नेपालले दोस्रो खेलमा बहराइनलाई पराजित गर्दै पहिलो जित दर्ता गरेको थियो ।

अब आज हुने खेलमा नेपालले हङकङलाई पराजित गरेका एक खेल अगावै समूह विजेता बन्दै सुपर थ्री चरणमा पुग्नेछ । यदी आजको खेलमा नेपाल पराजित भएमा भने नेपालको यात्रा कठिन हुनेछ ।

हालसम्म नेपाली महिला टोली अहिलेसम्म ग्लोबल क्वालिफायर समेत पुग्न सकेको छैन । यस पटक ग्लोबल क्वालिफायर पुग्दै विश्वकपसम्म पुग्ने नेपालको लक्ष्य छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org