ताजा समाचार

मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश दिएको छ ।

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले उनलाई अदालतमा स–शरीर उपस्थित गराउन आदेश दिएको हो ।

मिश्रकी पत्नी सरिका कार्कीले आफ्नो पतिलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

उनलाई गत महिनाको चैत १५ गते तीनकुनेमा भएको राजावादीहरुको प्रर्दशनलाई हिंसात्मक बनाउँन भूमिका खेलेको आरोपा पक्राउ गरिएको थियो । सो दिन एकजना पत्रकार सहित २ जनाको ज्यान जानुका साथै कयौं स्थानमा तोडफोड, आगजनी र लुटपाट भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org