ताजा समाचार

महिला टी–२० विश्वकप छनोट : नेपाल र बहराइन भिड्ने

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज चौथो खेल खेल्दैछ ।

थाइल्यान्डमा जारि विश्वकप छनोट प्रतियोगितामा नेलालले आज बहराइनसँग खेल्न लागेको हो ।

सुपर–३ को सम्भावना जीवितै राख्न नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ ।

यसअघिका खेलमा नेपालले बहराइनलाई हराउँदा हङकङसँगको पहिलो खेलमा अङ्क बाँडे पनि दोस्रो खेलमा पराजित भएको थियो । तीन खेलबाट नेपालको तीन अङ्क छ ।

खेल नेपाली समयअनुसार दिउँसो १२ः३५ बजे थाइल्याण्डको बैंककस्थित टेर्डथाइ क्रिकेट मैदानमा सुरु हुनेछ ।

९ देशले भाग लिइरहेको एशिया छनौटमा नेपाल समुह ‘सी’ मा रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org