ताजा समाचार

आपतकालीन गेट नखुल्दा बसभित्रै पाँच जनाको यात्रुको जलेर मृत्यु !

काठमाडौं । छिमेकी मुलुक भारतको लखनउमा बिहीबार बिहान एउटा गुडिरहेको स्लिपर एसी बसमा आगलागी हुँदा पाँच जना यात्रुको जलेर मृत्यु भएको छ।

बिहान ५ बजे मोहनलालगञ्ज नजिकैको बाहिरी रिङरोड (किसान पथ)मा भएको थियो । मृत्यु हुनेमा २ बालबालिका, २ महिला र १ पुरुष रहेको भारतिय सञ्चार माध्यमले जनाएका छन् । ८० जना यात्रु सवार बस बिहारबाट दिल्ली जाँदै थियो। त्यतिबेला धेरैजसो यात्रुहरू सुतिरहेका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा बसको आपतकालीन गेट नखुलेको देखिएको छ। जसका कारण पछाडि बसेका मानिसहरू अड्किएर भयान दुर्घटना भएको हुन सक्ने जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org