कोशीको बजेट अधिवेशन आजदेखि सुरु
काठमाडौं । कोशी प्रदेशसभाको बजेट अधिवेशन आज (आइतबार)देखि सुरु हुँदैछ।
प्रदेशसभाका कार्यवाहक सचिव गौतमराज अमात्यले सातौं अधिवेशनको पहिलो बैठक प्रदेशसभा भवनमा दिउँसो २ बजेबाट सुरु हुने बताए ।
बैठकको सुरुवातमा कोशीका प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयबाट प्राप्त पत्र बाचन गरिने जानकारी अमात्यले दिए। त्यसपछि प्रदेशसभमा प्रतिनिधित्व गर्ने राजनीतिक दलले आ–आफ्नो धारणा राख्ने छन्।
सरकारले ल्याएको प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२ प्रदेशसभा बैठकमा टेबुल हुने अमात्यले बताए। कोशीमा नेकपा (एमाले) नेतृत्वमा नेपाली कांग्रेससहितको सरकार छ। प्रदेश सरकारको कामकारबाहीप्रति पछिल्लो समय कांग्रेसले असन्तुष्टि जनाउँदै आएको छ।
प्रदेश सरकारको वैशाख २४ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बर्खे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख खापुङसमक्ष सिफारिस गरेको थियो। सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन्।
Comments
अरु समाचार
-
सांसद भट्टचनको पहलमा दामोदरकुण्ड र गुरुसाङ्वो गुफा पदमार्गमा दुई झोलुङ्गे पुल बन्ने !
काठमाडौं । संघीय सांसद देवीप्रकाश भट्टचनको पहलमा मुस्ताङ जिल्लाका दुई महत्वपूर्ण धार्मिक पदमार्गहरूमा झोलुङे पुल निर्माण हुने भएको छ। सांसद...
-
कसरी हुँदैछ औपचारिक क्षेत्रका श्रमिकको पारिश्रमिक वृद्धि?
काठमाडौँ । औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको न्यूनतम पारिश्रमिक पुनरवलोकन प्रक्रिया वैज्ञानिक विधिबाट अघि बढाउने तयारी गरिएको छ । श्रम, रोजगार...
-
लार्चामा ह्युम पाइप बगाउँदा तातोपानी नाका ठप्प !
काठमाडौं। सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–३ लार्चामा राखिएको ह्युम पाइप बगाउँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय कोदारीका...
-
आइतबारदेखि बंगलादेशमा दैनिक ४० मेघावाट विद्युत निर्यात शुरु
काठमाडाैं । नेपालले बंगलादेशलाई आजदेखि ४० मेघावाट विद्युत निर्यात शुरु गरेको छ । गएको वर्ष कात्तिक ३० गते एकदिनमात्र परिक्षणको...
-
नेपालगञ्ज विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण अन्तिम चरणमा
काठमाडौं । नेपालगञ्ज विमानस्थलको नयाँ टर्मिनल भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। ब्लक ए, बी र सी सहित एप्रोन,...
-
वीरगञ्ज भन्सार: मुख्य राजस्वको स्रोत पेट्रोलियम पदार्थ र सवारीसाधन आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको १० महिनाको अवधिमा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ६४ अर्ब ५०...
-
अमेरिकाले डिपोर्ट गरी पठाएका ३७ नेपाली काठमाडौं आइपुगे
काठमाडौं । अमेरिकाले ‘डिपोर्ट’गरी एकसाथ पठाएका ३७ नेपाली काठमाडौं आइपुगेका छन् । आइतबार साँझ उनीहरू काठमाडौं आइपुगेका हुन् । अमेरिकाले...
-
बैंकहरूमा अधिक तरलताको समस्या झनै बढ्यो
काठमाडौं । बैंकहरूमा अधिक तरलताको समस्या झनै बढेपछि नेपाल राष्ट्र बैंकले ४२ दिने निक्षेप सङ्कलन जारी गरेको छ । अधिक...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...