एमाले उपमहासचिव गुरुङ सम्मानित !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सम्मानित भएका छन् ।
एमाले लमजुङको नवौँ जिल्ला अधिवेशन परिषद्को प्रथम बैठकको समापनका अवसरमा गुरुङ सहित अन्य नेतालाई पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जिल्ला अध्यक्ष राजकुमार विष्टलगायतले खादा र सम्मानपत्रद्वारा सम्मान गरेका हुन् ।
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङ तत्कालीन सयममा (विसं २०४३) जनपक्षीय उम्मेदवार समेत बनेका थिए । सोही अवसरमा पार्टीले विसं २०४३, २०४९ र विसं २०५४ मा उम्मेदावर बनेका दुई सय १४ जना पार्टीका नेतालाई सम्मान समेत गरेको थियो ।
विसं २०३४ देखि राजनीतिमा सक्रिय नेता गुरुङ पार्टीभित्र खरो र प्रष्ट बक्ताका रूपमा परिचित हुन्छ । सञ्चारमन्त्री गुरुङसहित पूर्वजनप्रतिनिधिलाई पार्टीको नीतिअनुसार समाजवादान्मुख समृद्ध नेपालको आधार निर्माण गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्याएको र पार्टी निर्माणमा विगतमा देखाएको क्रियाशीलता, योगदान र समर्पणको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको जिल्ला अध्यक्ष विष्टले बताए ।
Comments
अरु समाचार
-
माओवादी नेता सापकोटामाथि ज्यान मुद्दामा अनुसन्धान गर्न सर्वोच्चको आदेश !
काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध परेको ज्यान मुद्धामा अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतलेआदेश दिएको छ ।...
-
सिंहदरबारमा प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच छलफल !
काठमाडौं । सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता हुने भएको छ । प्रमुख तीन दलका शीर्ष नेताहरु प्रधानमन्त्री तथा...
-
आईसीसी लिग–२ः टस जितेर स्कटल्याण्डलाई नेपालद्धारा ब्याटिङको निम्तो
काठमाडौं । आज सोमबारदेखि स्कटल्यान्डमा सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग–२ क्रिकेटअन्तर्गत स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्सबीचको एकदिवसीय शृंखलाको पहिलो खेलमा...
-
यू–२० राष्ट्रिय महिला फुटबल टिमको बन्द प्रशिक्षणका लागि ४० खेलाडी छनोट !
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू–२० राष्ट्रिय महिला फुटबल टिमको बन्द प्रशिक्षणका लागि ४० खेलाडी छनोट गरेको छ...
-
न्युजिल्यान्डका उपप्रधानमन्त्री औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगे !
काठमाडौं । न्युजिल्यान्डका उपप्रधान तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार जेठ...
-
आईपीएलमा आजः लखनउ र आरसीबी बिच प्रतिस्पर्धा हुने
काठमाडौं । भारतमा जारि इन्डियन प्रिमियर लिग–आईपीएल २०२५मा आज लखनऊ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरू प्रतिस्पर्धा गर्दै छन् ।...
-
एम्बाप्पेले जिते पहिलो सिजनमै युरोपियन ला–लिगा गोल्डन बुट
काठमाडौं । फ्रान्सेली फुटबल स्टार खेलाडी किलियन एम्बाप्पेले २०२४–२५ को सिजनमा ला लिगामा शीर्ष गोलकर्ता बनेर युरोपियन गोल्डन बुट जितेका...
-
आज घट्यो सुनको मूल्य कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आज सोमबार सुनको मूल्य ७०० रुपैयाँले घटेको छ। नेपाल–सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ७ सय रुपैयाँले घटेर...
-
सगरमाथा आरोही सई कुन्जाङ छोपेल शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित !
काठमाडौं । सगरमाथाको सफलतापूर्वक आरोहण गर्न सफल कुन्जाङ छोपेल शेर्पालाई प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा विशेष बढुवा...