पाकिस्तानमा खाद्य असुरक्षा बढ्दो, पाँच वर्षसम्मका २१ लाख बालबालिका कुपोषित
इस्लामावाद । पाकिस्तानमा खाद्य असुरक्षा बढ्दोरुपमा रहेको पछिल्लो प्रतिवेदन सार्वजनिक भएको छ । पाकिस्तानमा एक करोड १० लाख मानिस तीव्र खाद्य असुरक्षाको जोखिममा छन् ।
नोभेम्बर सन् २०२४ देखि मार्च सन् २०२५ सम्म पाकिस्तानमा उच्च स्तरको खाद्य असुरक्षा कायम रहेको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले आफ्नो पछिल्लो प्रतिवेदनमा उल्लेख गरेको छ, जसमा एक करोड १० लाख मानिसहरूले असुरक्षाको सामना गर्ने अनुमान गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको यो संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा बलुचिस्तान, सिन्ध र खैबर पख्तूनख्वाका बाढी प्रभावित ६८ वटा ग्रामीण जिल्लाहरूमा २२ प्रतिशत जनसङ्ख्या तीव्र खाद्य असुरक्षामा पर्ने उल्लेख छ । प्रतिवेदनले चरम मौसमको असरले नागरिकको जीविकोपार्जनमा नकारात्मक प्रभाव पर्ने जनाउँदै, अघिल्लो वर्षको तुलनामा केही सुधार देखिए पनि अवस्था अझै गम्भीर रहेको जनाएको छ ।
जलवायुजन्य प्रकोप र खाद्य अभावका कारण कुपोषणको अवस्था अझ गम्भीर बन्न सक्ने भन्दै प्रतिवेदनले चेतावनी दिएको छ । छ महिनादेखि पाँच वर्षसम्मका २१ लाख बालबालिकामा कुपोषण देखिएको छ । कमजोर आहार, खाद्य अभाव, चिसो मौसम, महँगो मूल्य, कामको अभाव र बजारसम्म पुग्न नसक्ने अवस्थाका कारण समस्या झनै बढेको छ ।
Comments
अरु समाचार
-
रास्वपामा मुकुलले चुकुल खोल्ने देखिएपछि हटाइयो कार्यबाहकको फुर्को
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यबाहकको फुर्को आपतकाल परेपछि हटाएको छ । कार्यबाहक महामन्त्री र प्रवक्ताको जिम्मेवारीलाई रास्वपाले...
-
इजरायल-इरानको ‘क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली’ कति शक्तिशाली ?
काठमाडौं । इजरेलसँग विश्वकै सबभन्दा परीक्षित क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली रहेको विश्वास सामान्यतया गरिन्छ। तर इरानसँगको आक्रमण प्रत्याक्रमणका दौरान केही क्षेप्यास्त्रले...
-
प्रतिनिधिसभाको बैठक आज पनि, यस्तो छ कार्यसूची
काठमाडौं । सरकारले गत जेठ १५ गते संसद्मा प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८२’ माथिको छलफल जारी छ । प्रतिनिधिसभाको आज...
-
नेपाल र स्कटल्यान्डको खेलमा कसको कति रन-विकेट ?
काठमाण्डौ। त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि घरेलु टोली स्कटल्यान्डले जितेको छ । गएराति भएको खेलमा नेपाल स्कटल्यान्डसँग ३४ रनले पराजित...
-
आजको राशिफल: २०८२ असार ७ गते शनिबार
मेष:साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा...
-
बीपी राजमार्गमा राति यात्रुवाहक सवारी चलाउन रोक
काठमाडौं । बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा १५ दिनका लागि रातिको समयमा यात्रुवाहक सवारी साधन चलाउन रोक लगाइएको छ।...
-
सिंहदरबारमा छलफलमा जुटे प्रमुख तीन दलका शीर्ष नेता
काठमाडौँ । शीर्ष तीन नेताहरूको बैठक सुरू भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा तीन शीर्ष नेताको बैठक सुरू भएको हो। बैठकमा...
-
भिजिट भिसामा सेटिङः नारायणकाजीको ६ बुँदे खेलोफड्को र रवि कनेक्सन !
काठमाडाैं । भिजिट भिसा प्रकरणलाई व्यवस्थित पार्दै आर्थिक अशुलीलाई चेन अफ कमाण्डमा लैजाने तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले कार्यकालको केहि समय...
-
इरानविरुद्ध अमेरिकाले हमला गर्ने नगर्ने भन्नेमा ट्रम्पले दुई सातामा निर्णय लिने
काठमाडौं । इजरायल-इरान युद्ध चलिरहेको बेला अमेरिकाले के गर्ला ? अहिले यो विषय प्रमुख चासोको रुपमा देखिएको छ । इरानमाथि...