ताजा समाचार

बाइडेनलाई प्रोस्टेट क्यान्सर पुष्टि !

काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर पुष्टि भएको छ ।

उनको कार्यालयबाट विज्ञप्तिमार्फत क्यान्सर संक्रमणबारे जानकारी दिएको हो । उनको क्यान्सर हड्डीसम्म फैलिएको छ । पूर्व राष्ट्रपतिले आफ्नो स्वास्थ्य र उमेरको चिन्ताका कारण अमेरिकी राष्ट्रपति चुनावबाट पछि हट्न बाध्य भएको लगभग एक वर्षपछि क्यान्सर संक्रमण पुष्टि भएको हो । उनी अमेरिकी इतिहासमा सो पद धारण गर्ने सबैभन्दा वृद्ध व्यक्ति हुन ।

८२ वर्षीय बाइडेनले गत हप्ता शुक्रबार पिसाबमा देखिएको लक्षणका लागि डाक्टरलाई भेटेपछि परीक्षणमा क्यान्सर पुष्टि भएको हो। बाइडेन र उनको परिवारले उपचारका विकल्पहरूको समीक्षा गरिरहेको बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा उनी र प्रथम महिला मेलानिया ट्रम्प यसको बारेमा सुनेर दुःखी रहेको बताएका छन् । बाइडेनको नेतृत्वमा काम गरेकी पूर्व उपराष्ट्रपति कमला ह्यारिसले एक्समा उनी र उनका पति डग एमहोफले बाइडेन परिवारलाई आफ्नो प्रार्थनामा राखिरहेको बताएकी छिन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org