ताजा समाचार

के ओली देउवाबीच सम्बन्ध चिसिएकै हो ?

काठमाडाैं । प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच अन्तिममा आएर भेटवार्ता रोकिएपछि यसबारे अनेक अड्कलबाजी हुन थालेका छन् ।

गभर्नर नियुक्तिमा देखिएको संकटका कारण विभिन्न अड्कल चलेपनि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अन्तिममा भेटवार्ता रोकिएको स्रोतको दाबी छ ।

देउवाले बुढानिलकण्ठस्थित आफ्नै निवासमा मन्त्री र शीर्ष नेताहरुसंव छलफल गरेको स्रोतको दाबी छ । गभर्नर नियुक्तिमा मंगलबारसम्म केहि नयाँ आउनसक्ने समेत जिकिर गरिएको छ ।

‘गभर्नर नियुक्तिमा कांग्रेसलाई दिनेमा शंका छैन् । डा. विश्व पाैडेललाई गभर्नर बनाउने कांग्रेसको निर्णयपछि सर्वोच्चमा परेको रिट आजका लागि पेशीमा छ । यसको टुंगो लाग्न वित्तिकै सरकारले आफ्नो काम गर्छ ।’, एमालेका एक नेताले न्यूज नेपालसंग भने ।

ओली देउवाबीच अन्तिममा भेट रोकिएपछि चलेका शंकामा ठूलो विषय नरहेको कांग्रेस नेताहरुले नै भनिरहेका छन् । गठबन्धन निर्धक्क चल्ने नेताहरुको दाबी छ । तर, गभर्नर नियुक्ति कै विषयले तनाव भने सिर्जना गरिदिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org