ताजा समाचार

पोखरा विमानस्थलमा लेखा उसमितिको छानविनमा चिनियाँ कम्पनीको आपत्ति (विज्ञप्तिसहित)

काठमाडाैं । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलबारे संसदको सार्वजनिक लेखा उपसमितिले बनाएको प्रतिवेदनमा परियोजना ठेकेदार कम्पनी चाइना सीएएमसीईले आपत्ति जनाएको छ ।

कम्पनीले लेखा उपसमितिबाट सार्वजनिक प्रतिवेदनलाई तथ्यहीन, हवुचा र पूर्वाग्रही भन्दै विज्ञप्तिमार्फत आपत्ति जनाएको हो ।

राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले विमानस्थलमा ८ अर्ब २३ करोड बढी भ्रष्टाचार भएको प्रतिवेदन दिएको थियो । सोही प्रतिवेदनमाथि कम्पनीले असहमति जनाएको हो ।

कम्पनीले विमानस्थल निर्माणका क्रममा जटिल भौगोलिक अवस्था, मुद्रास्फीति र कोभिड-१९ महामारी जस्ता चुनौतीहरूका बाबजुद मार्च २०२२ मै निर्माण सम्पन्न गरिएको र डिसेम्बर २९, २०२२ मा नेपाल र चीन सरकारबीच हस्तान्तरण प्रमाणपत्रमा हस्ताक्षर भएको बताएको छ ।

के छ विज्ञप्तिमा ?

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org