ताजा समाचार

काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डेलाई प्रशासकीय अधिकृत गुरगाँईले सोधे स्पष्टीकरण !

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका छन् ।

पाण्डेलाई ७ दिनभित्र स्पष्टीकरणको जवाफ दिन समय सिमा तोक्दै गुरागाईँले, केही दिनअघि आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा स्पष्टीकरण सोधेको बुझिएको छ ।

काठमाडौंका मेयर बालेन्द्र साहले अघोषितरूपमा निलम्बनमा राखेका गुरागाईं गत २१ चैतमा महानगर कर्मचारी र जनप्रतिनिधिको सहयोगमा कार्यालय प्रवेश गरेका थिए । त्यस दिन नगर प्रहरीले उनलाई अवरोध गर्ने प्रयास गरेको थियो ।

कानूनी व्यवस्थाअनुसार नगर प्रहरी प्रशासकीय अधिकृतको मातहतमा रहेर काम गर्नुपर्ने प्रावधान रहेको छ। प्रमुख पाण्डेकै नेतृत्वमा बाक्लो संख्यामा नगर प्रहरी उनलाई रोक्न खटिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org