बालेनका राइट ह्याण्ड राजुनाथ पाण्डे कारबाहीको अन्तिम चरणमा !
सिंघम राजु स्पष्टीकरणले थिलोथिलो
काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’का राइटह्यण्ड राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधिएको छ ।
काठमाडाैं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले आफूलाई चैत्र २१ गते कार्यालय प्रवेश गर्दा रोक्ने काम गरेकोदेखि गाडीको ह्वील लक लगाएको लगायतका विषयमा किन कारबाही नगर्ने भन्दै ७ बुँदे स्पष्टीकरण सोधेका हुन् ।
पाण्डे महानगर प्रहरी प्रमुख हुन भने उनले बालेनको माैखिक आदेशमा काम गर्दै आएका थिए ।
महानगर प्रहरी प्रमुख प्रशासकीय अधिकृत मातहत हुने भएपनि बालेनको राइट ह्याण्डको रुपमा सिंघम शैलीमा उत्रिने गरेका राजुनाथ कारबाहीको भागीदार बन्ने सम्भावना बढेको छ ।
उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दासमेत प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको ताला खोल्ने काममा समेत राजुनाथले बालेनको माैखिक आदेशमा अवरोध सिर्जना गरेका थिए । त्यसपछि उपमेयर सुनिता डंगोलले लिखित वा कुनै त्यस्तो पत्र छ ? अवरोध गर्नलाई भनेपछि नाजवाफ भएका उनले मेयरको माैखिक आदेशको भरमा कारबाहीमा उत्रिएको जवाफ दिएका थिए ।
काठमाडाैं महानगरपालिका महानगर प्रहरी ऐन २०८० को दफा ५ बमोजिम काम गर्नुपर्नेमा किन ऐन पालना नगरेको भन्दै स्पष्टीकरण सोधिएको हो । स्पष्टीकरण जेठ ५ गत सोधिएको हो भने पत्र बुझेको मितिले ७ दिनभित्र जवाफ पेश गर्न समेत भनिएको छ ।
‘म्यादभित्र स्पष्टीकरण नबुझाएमा वा स्पष्टीकरण चित्त बुझ्दो नभएमा कानून बमोजिम कारवाही हुने ब्यहोरा समेत जानकारी गराउँदछु’, स्पष्टीकरण पत्रमा भनिएको स्रोतको दाबी छ ।
के छन राजुनाथमाथि मुख्य आरोप ?
– प्रमुख प्रशासकीय अधिकृतको सवारी साधनमा ह्वील लक लगाएर काममा अवरोध सिर्जना गरेको ।
– प्रमुख प्रशासकीय अधिकृत काममा आउँदा प्रहरी साङ्ग्लो बनाइ अवरोध सिर्जना गरेको र हुलहुज्जत गरेको ।
– कार्यालयमा उपस्थित जनप्रतिनिधिको समेत बाटो छेकी अमर्यादीत एवं अभद्र व्यवहार गरेको ।
– प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएको र उपप्रमुखदेखि अन्यले आग्रह गर्दा पनि अस्वीकार गरेको ।
– हाजिर पुस्तिका कब्जामा लिएको ।
– कर्मचारीले पालना गर्नुपर्ने कानून पालना नगरेको ।
– सञ्चारमाध्यममा अनाधिकृत बयानवाजी गरेको लगायत
सिंघम राजुको बहिर्गमन कति नजिक ?
काठमाडाैं महानगरपालिकामा केहि वडाध्यक्ष र मेयर बालेन्द्रको साथ पाएपछि मैमत्त बनेका राजुनाथ पाण्डेमाथि अन्ततः कारबाही हुने बाटो देखिन थालेको छ । बालेनको माैखिक आदेशमा जस्तोसुकै कदम चाल्छु भन्दै आतंक फैलाएका राजुनाथमाथि कारबाही हुने भएपछि बालेन्द्रलाई समेत झड्का लाग्ने देखिन्छ । उसोतः राजुनाथले राष्ट्रिय परिचयपत्र बनाउदा समेत तनाव व्यहोरेका थिए । महानगरमा राष्ट्रिय परिचयपत्र बनाउन जाँदा दुई पत्नीका कारण बन्न नसक्दा एक मधेसी मूलका कर्मचारीलाई तीन महिनासम्म शक्तिको दुरुपयोग गर्दै निलम्बनमा नै राखेका थिए । केहि विभागका प्रमुख र मेयर बालेन्द्रलाई पट्याएका राजुनाथमाथि स्पष्टीकरणपत्र पछि महानगरमा रहेका प्रहरी नै खुशी देखिएको स्रोतको दाबी छ ।
उसोतः राजुनाथले पाएको प्रहरी प्रमुखको जिम्मेवारी नै वैध नभएको बताइन्छ । बालेनले फुली लगाएपनि त्यसले वैधता भने पाइनसकेको महानगर स्रोतको दाबी छ ।
Comments
अरु समाचार
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
काठमाडौं । यस वर्षको वर्षायामको समयमा मेलम्चीको पानी नियमित रूपमा काठमाडौंवासीका घरघरमा वितरण हुने खानेपानीमन्त्री प्रदीप यादवले बताएका छन् ।...
-
कसरी हुँदैछ औपचारिक क्षेत्रका श्रमिकको पारिश्रमिक वृद्धि?
काठमाडौँ । औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको न्यूनतम पारिश्रमिक पुनरवलोकन प्रक्रिया वैज्ञानिक विधिबाट अघि बढाउने तयारी गरिएको छ । श्रम, रोजगार...
-
इजरायलमा इतिहासकै ठूलो आक्रमण गर्ने इरानको चेतावनी
तेहरान । तेहरानमा इजरायली हवाई आक्रमणपछि इरानले इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमणको चेतावनी दिएको छ । इरान–इजरायलबीचको द्वन्द्व झन...
-
प्रतिनिधिसभाको बैठक आज पनि, यस्तो छ कार्यसूची
काठमाडौं । आज दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बस्दैछ । आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक...
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्ससँग हार्यो नेपाल
काठमाण्डौ । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको छ । नेदरल्यान्ड्सले जीतका...
-
दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश
काठमाडौं । उच्च अदालत, पाटनले पत्रकार दिलभूषण पाठकले दायर गरेको निषेधाज्ञा निवेदनमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश...
-
आज नेपाली क्रिकेट टोलीले १०० औं टी-२०आई खेल्दै, यस्ता छन् किर्तिमान….
काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ । सोमबार स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको पहिलो खेल...
-
पूर्वउद्योगमन्त्री ढुण्डिराज शास्त्रीको निधन
काठमाडौं। पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डिराज शास्त्री(पौडेल)को निधन भएको छ । काठमाडौँको केएमसी अस्पतालमा उपचारका क्रममा उहाँको आज...
-
पहिरोले कालिगण्डकी कोरिडोर अवरुद्ध
काठमाडौं । पहिरोले कालिगण्डकी कोरिडोर अवरुद्ध भएको छ । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका–६ बर्लबास्थित कालिगण्डकी कोरिडोर सडकको गुल्मी खण्डमा आज...