विश्व पाैडेल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त, सरकार ढल्ने चर्चा हल्लामै सिमित
काठमाडाैं । सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको छ ।
मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले डा. पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको हो । यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिले तीन जनाको नाम गभर्नरका लागि मन्त्रीपरिषद्मा सिफारिस गरेको थियो ।
जसमा डा. विश्वनाथ पौडेल, का.मु गभर्नर निलम ढुंगाना, डा. पूर्वसचिव दिनेश भट्टराई थिए । जसमध्येबाट पौडेललाई नियुक्त गरिएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।
‘उपप्रधानमन्त्री एवं अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेको नेतृत्वमा बनेको तीन सदस्यीय सिफारिस समितिको सिफारिसका आधारमा तीन जना व्यक्तिहरु डा. विश्वनाथ पौडेल, का.मु गभर्नर निलम ढुंगाना, डा. दिनेश भट्टराई पूर्वसचिव तीन जना सिफारिस गरेकोमा डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर पदमा सिफारिस समितिले सिफारिस गरेको तीन जना मध्येबाट नियुक्त गर्ने निर्णय गरेको छ ।’, मन्त्री गुुरुङले भने ।
मन्त्री गुरुङले लामो प्रतिक्षपछि गभर्नरको विषय टुंगिएको दाबी समेत गरेका छन् ।
सरकार ढल्ने चर्चा हल्लामै सिमित
गभर्नर नियुक्तिको विषयलाई लिएर धेरैले सरकार ढल्ने जिकिर गर्दै आएका थिए । गभर्नर नियुक्तिमा प्रदानमन्त्री केपी ओलीले निहु खोजेको जस्ता समाचर सार्वजनिक भएपनि गभर्नर निुयक्तिसंगै गठबन्धनमा समस्या नरहेको प्रष्ट सन्देश प्रवाह भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले नै एमालेसंगको गठबन्धन सहज ठानिरहेको बेला चलेका हल्लालाई सरकारले निस्तेज पारेको छ भने सरकारले आफ्नो गतिमा काम गर्ने सन्देश समेत दिएको छ ।
Comments
अरु समाचार
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
काठमाडौं । यस वर्षको वर्षायामको समयमा मेलम्चीको पानी नियमित रूपमा काठमाडौंवासीका घरघरमा वितरण हुने खानेपानीमन्त्री प्रदीप यादवले बताएका छन् ।...
-
कसरी हुँदैछ औपचारिक क्षेत्रका श्रमिकको पारिश्रमिक वृद्धि?
काठमाडौँ । औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको न्यूनतम पारिश्रमिक पुनरवलोकन प्रक्रिया वैज्ञानिक विधिबाट अघि बढाउने तयारी गरिएको छ । श्रम, रोजगार...
-
इजरायलमा इतिहासकै ठूलो आक्रमण गर्ने इरानको चेतावनी
तेहरान । तेहरानमा इजरायली हवाई आक्रमणपछि इरानले इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमणको चेतावनी दिएको छ । इरान–इजरायलबीचको द्वन्द्व झन...
-
प्रतिनिधिसभाको बैठक आज पनि, यस्तो छ कार्यसूची
काठमाडौं । आज दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बस्दैछ । आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक...
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्ससँग हार्यो नेपाल
काठमाण्डौ । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको छ । नेदरल्यान्ड्सले जीतका...
-
दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश
काठमाडौं । उच्च अदालत, पाटनले पत्रकार दिलभूषण पाठकले दायर गरेको निषेधाज्ञा निवेदनमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश...
-
आज नेपाली क्रिकेट टोलीले १०० औं टी-२०आई खेल्दै, यस्ता छन् किर्तिमान….
काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ । सोमबार स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको पहिलो खेल...
-
पूर्वउद्योगमन्त्री ढुण्डिराज शास्त्रीको निधन
काठमाडौं। पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डिराज शास्त्री(पौडेल)को निधन भएको छ । काठमाडौँको केएमसी अस्पतालमा उपचारका क्रममा उहाँको आज...
-
पहिरोले कालिगण्डकी कोरिडोर अवरुद्ध
काठमाडौं । पहिरोले कालिगण्डकी कोरिडोर अवरुद्ध भएको छ । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका–६ बर्लबास्थित कालिगण्डकी कोरिडोर सडकको गुल्मी खण्डमा आज...