ताजा समाचार

ह्वातै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार एकैदिन सुनको मूल्य तोलामा ५ हजार रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यावसाही महासंघका अनुसार, मंगलबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार बढेर तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको हो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९९० रुपैयाँ पुगेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org