चट्याङ लागेर एक जना चेपाङको मृत्यु !
काठमाडौं । चितवनमा चट्याङ लागेर एक जना चेपाङको मृत्यु भएको छ ।
इच्छाकामना गाउँपालिका–१ क्याङसिराङमा बुधबार दिउँसो साढे ११ बजेको समयमा बाटोमा हिँडिरहेका बेला अचानक चट्याङ लागेर स्थानीय ५१ वर्षीय बिरु चेपाङको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालका अनुसार बिरुसँगै हिँडेका उनका भतिज ३२ वर्षीय दिलबहादुर चेपाङ सामान्य घाइते भएका छन्।
घटनाको बारेमा स्थानीयले इलाका प्रहरी कार्यालय मुग्लिनमा जानकारी गराएपछि प्रहरीको टोली घटनास्थलतर्फ गएको थियो । घटनास्थल इलाका प्रहरी कार्यालय मुग्लिनबाट करिब ४५ किलोमिटर टाढा पर्ने प्रहरीले बताएको छ ।
Comments
अरु समाचार
-
अग्नि सापकोटा र भिजिट भिसा प्रकरणमा प्रचण्डः वाहियात कुप्रचार चलिरहेको छ
विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद खुलाउनका लागि सत्तारुढ दल कांग्रेस-एमालेसंग भएको सहमति आफ्नो पार्टीका...
-
कानूनअनुसार न्याय खोजिएको हो, पाठकको मिडिया प्रेस काउन्सिलमा दर्ता रहेनछ: आरजु
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले कानून अनुसार न्याय खोज्दा घेरबन्दी भएको आरोप लगाएकी छन् । नेपाल रिपब्लिक मिडिया (नागरिक...
-
एयर इन्डिया जहाज दुर्घटना : २०४ जनाको मृत्यु पुष्टि
काठमाडौं । गुजरातको अहमदाबाद विमानस्थलनजिकै भएको एयर इन्डियाको जहाज दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ । अहमदाबादबाट लन्डनका...
-
नेपाल र वेस्ट इन्डिजबीच टी २० आई सिरिज (खेल तालिका सहित)
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोली र वेस्ट इन्डिजबिचको ऐतिहासिक टी–२० शृंखला खेल्ने घोषणा गरेसँगै आम नेपाली क्रिकेट...
-
जसपाका मधेश प्रदेश सांसद सिंह अनामनगरबाट पक्राउ
काठमाडौं । जनता समाजवादी पार्टीका मधेश प्रदेशका सांसद सरोज कुमार सिंह पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...
-
बालेनविरुद्ध अख्तियारमा मुद्धा दर्ता, यस्तो छ आरोप..
काठमाडौं । युवराज पौडेल सफलले काठमाडौं महानगरपालिकाका प्रमुख मेयर बालेन्द्र शाहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा दर्ता गरेका छन् ।...
-
किर्तिपुरमा अनेरास्ववियुको मतदान जारी, पौडेल र कडरिया पक्षबीच कडा प्रतिस्पर्धा ?
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नयाँ नेतृत्वका लागि किर्तिपुरमा...
-
दुम्किवासमा ‘डाइभर्सन’ बग्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध !
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा ‘डाइभर्सन’ बग्दा राजमार्ग अवरुद्ध भएको छ । आज बिहान आएको बाढीमा...
-
अनेरास्ववियुको मतदान भोली, कुन प्यानलबाट को–को छन् उम्मेदवार ?
काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयुको २४ औँ महाधिवेशन त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा जारि छ । जसमा नेतृत्व चयनका...