महानायक अभिनित चलचित्र ‘नरसिंहाः अवतार’ आजबाट प्रर्दशन
काठमाडौं । आजबाट महानायक राजेशहमाल अभिनित नयाँ नेपाली फिल्म ‘नरसिंहाः अवतार’ देशव्यापी प्रदर्शनमा आएको छ ।
नेपाली सिने जगतका लोकपृय अभिनेता अर्थात महानायक राजेश हमालले करिव आठ वर्षपछि यही फिल्ममार्फत रजतपटमा पुनरागमन गरेको यस बहुप्रतिक्षीत चलचित्र आजबाट प्रर्दशनमा आएसँग दर्शक तथा चलचित्र प्रेमिहरु निकै उत्साहित देखिन्छन् ।
त्यसैले पनि क्यूएफएक्सबाहेक अन्य सिनेमा हलहरुले यो फिल्मलाई आज पहिलो दिनका लागि राम्रो शो उपलब्ध गराएका छन् भने फिल्मको अग्रिम बुकिङ पनि राम्रो देखिएको छ । यो फिल्मले पहिलो दिनका लागि देशभरीमा करिव १ सय ५० शो पाएको बुझिएको छ।
चलचित्रमा राजेश हमालसंगै सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेशचन्द सोडारी, प्रकाश कुँवर, राजिभजंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेल आदि कलाकारले अभिनय गरेका छन् ।
युवा निर्देशक दिवाकर भट्टराईले निर्देशन तथा राजुविक्रम थापाको छायांकनमा तयार भएको यो फिल्ममा कविराज गहतराज तथा माइकल चन्दको कोरियोग्राफी छ भने चन्द्र पन्तको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत छ । यो फिल्मका निर्माताहरुमा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने तथा नेम महर्जन रहेका छन्।
Comments
अरु समाचार
-
‘उनको स्वीटर’ सामान्य जिवनको सुन्दर प्रेमालय !
काठमाडौं । बैसाख २६ गतेबाट प्रर्दशनमा आएको चलचित्र उनको स्वीटरले लगातार तेस्रो हप्तासम्म सिनेमाहलहरुमा आफ्नो पक्कड कायम राख्दै सफल चलचित्रको...
-
तान बुन्ने तयामा खियामा साकेला गीत र मौलिक सिली नृत्य सार्वजनिक
काठमाडौं । ‘तान बुन्ने तयामा खियामा’ साकेला गीत र मौलिक सिली नृत्य सार्वजनिक सार्वजनिक भएको छ । नेपालीको लोकगीत संगीत...
-
‘सिक्किम रमाईलो’ बोलको पूर्वेली गीत सार्वजनिक
काठमाडौं । ‘सिक्किम रमाईलो’ बोलको पूर्वेली गीत सार्वजनिक भएको छ । लोकपृय गायीका मेलीना राई तथा गायक राजु बाह्रकोटीको आवाजमा...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
लोकदोहोरीका बादशाह शिव हमालको नयाँ प्रयोग: ‘त्यो कथा’ गीतमा फरक पन
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा धेरै कलाकारलाई सांगीतिक उचाइ दिन सफल लोकप्रिय सर्जक शिव हमालले लोकदोहोरीमा नयाँ प्रयोग गर्न रुचाउने...
-
‘रातको जुनतारा’ गित सार्वजनिक (भिडियोसहित)
काठमाडौं । पछिल्लो समयका चर्चित पूर्वेली गायकहरु निकेश राई, विनोद दनुवार,शुशिल भट्टराई, अनिल कोई, विकास राई, कैलाश वि.क, राज खिम्दीङ...
-
ज्योति खड्का अभिनित गित‘त्यो रुपमा जादु छ’को म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । ज्योति खड्का अभिनित ‘त्यो रुपमा जादु छ’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । खड्का पछिल्लो समय...
-
गायक शुसील भट्टराईको ‘आहै देउसुरे भन’ बोलको देउसी गीत सार्वजनीक
काठमाडौं । लोक गायक शुसील भट्टराईको ‘आहै देउसुरे भन’ बोलको देउसी गीत सार्वजनीक भएको छ । मौलीक शव्द, संगित, गायन...
-
‘गायन’मा जत्तिकै ‘एरेन्ज’मा पनि अब्बल सुशिल भट्टराई
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिए सँगै गायक तथा एरेन्जर शुशिल भट्टराईको एरेन्जीङमा नयाँ देउसी गित सार्वजनिक भएको...