देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाण्डौ । आज पनि देशका केही ठाउँमा पानी पर्ने सम्भावना छ । बिहान सुदूरपश्चिमसहित कर्णाली प्रदेशका केही ठाउँहरुमा मेघगर्जन र चट्याङसहित पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । डडेलधुरा, अछाम, हुम्लालगायत जिल्लामा बिहान वर्षा भएको महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो ।
आज दिउँसो कोशी, बागमती प्रदेशलगायत देशका उच्च पहाडी भागका थोरै ठाउँ तथा हिमाली क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । मौसमी प्रणाली पश्चिमबाट विस्तारै पूर्वतर्फ सर्दै गरेको महाशाखाले जनाएको छ । देशका पूर्वी भागमा पनि आकाशमा बादल लागेको छ । काठमाण्डौ उपत्यकाका केही ठाउँहरुमा पनि छिटपुट पानी पर्ने सम्भावना छ ।
यस वर्षको मनसुन औसत समयभन्दा झन्डै १० दिनअघि नै भारतको केरला आइपुगेको छ । केरलाबाट कोशी प्रदेश हुँदै नेपालमा मनसुन भित्रिने गर्छ । नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख अर्थात् यस वर्ष जेठ ३० गते हो । तर अब बीचमा नरोकिएर आएमा यस वर्ष औसतभन्दा झन्डै डेढ हप्ताअघि नै मनसुन आइपुग्ने सम्भावना देखिएको छ ।
Comments
अरु समाचार
-
साउन २१ गतेभित्र शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासङ्घको चेतावनी
काठमाडौं । नेपाल शिक्षक महासङ्घले साउन २१ गतेभित्र विद्यालय शिक्षा ऐन जारी नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । महासङ्घले...
-
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताएका छन् । उनले सम्बन्धलाई अझ...
-
आइतबारदेखि नेपालमा भारी वर्षाको हुने, सचेत रहन आग्रह !
काठमाडौं । शनिबार रातिदेखि नेपालमा भारी वर्षा सुरु हुने मौसमविद्हरुले पूर्वानुमान गरेका छन्। अहिले भारतको उत्तरप्रदेशतर्फ रहेको मनसुनी रेखा नेपालतिर...
-
माधवसँग एकताको गाँठो कस्दै वामदेव
काठमाडौं । कुनै समय नेपालमा समाजवाद ल्याउन नसके मृत्युदण्ड भोग्न तयार छु भनेर उग्रवामपन्थी अभिव्यक्ति दिने वामदेव गौतमले आज माधव...
-
उच्च अदालतलका न्यायाधीश लम्सालले दिए पदबाट राजीनामा
काठमाडाैं । उच्च अदालतका न्यायाधीश भरत लम्सालले कार्यकाल एक वर्ष बाँकी हुँदै पदबाट राजीनामा दिएका छन् । न्यायाधीश लम्सालले बिहीबारदेखि...
-
दस्तावेज संरक्षित गर्दै सर्वोच्च, न्यायाधीश फुयालको सक्रियतामा २०१० सालको नजिर प्रकाशन
काठमाडाैं । सर्वोच्च अदालतले नजिर प्रणालीलाई व्यवस्थित, पारदर्शी र सर्वसुलभ बनाउन ठूलो महत्त्वपूर्ण पहल थालेको छ। न्यायाधीश हरिप्रसाद फुयालको संयोजकत्वमा...
-
धितोपत्रको दोस्रो बजार कारोबारमा ‘रेकर्ड ब्रेक’
काठमाडौँ: अर्थतन्त्रका केही क्षेत्र सुस्त रहेको बेला आर्थिक वर्ष २०८१\८२ मा धितोपत्रको दोस्रो बजार कारोबारमा भने ऐतिहासिक रेकर्ड कायम भएको...
-
केही स्थानमा आज अत्यधिक वर्षा हुने पूर्वानुमान
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान...
-
एमाले पोलिटब्युरो बैठक दिउँसो १ बजेदेखि बस्दै, विधान प्रस्ताव अनुमोदन गरिने
काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक दिउँसो १ बजे बोलाइएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा विहान ११ बजेका...