सर्वोच्चको वरिष्ठतम् न्यायाधीश सपना र विशेष अदालतका अध्यक्ष कुँवर केन्या प्रस्थान
काठमाडौं । वन्यजन्तुसम्बन्धिको एक कार्यक्रममा सहभागी हुन सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल र विशेष अदालतका अध्यक्ष टेकनारायण कँवर साताव्यापी केन्या भ्रमणका लागि आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
वन्यजन्तु संरक्षणको क्षेत्रमा भएका विभिन्न कुराको अवलोकन तथा त्यससम्बन्धि आयोजना हुन लागेको कार्यक्रमको छलफलमा सहभागी हुने बताइएको छ।
केन्याको नैरोबिमा हुन लागेको वन्यजन्तु संरक्षणसम्बन्धि छलफलमा केन्याले गरेका कामबारे नेपाललाई जानकारी दिनेछ भने न्यायाधीश सपना र अध्यक्ष कुँवरले नेपालमा वन्यजन्तुसम्बन्धि कानूनी अभ्यासदेखि विविध विषयमा आफ्ना प्रस्तुती दिने बताइएको छ ।
केन्या वन्यजन्तु सफारीका लागि चर्चित मुलुक हो भने अत्यन्तै दुर्लभ सेतो गैडा समेत पाइने गरेको छ। नैरोबी र नाकुरुका निकुञ्जमा विभिन्न प्रजातिका वन्यजन्तुहरु पाइन्छन् । सिंहले ठूला रुखमुनी हिडिरहेको दृश्यदेखि केन्याको इको टुरिजम अत्यन्तै प्रभावकारी मानिन्छ । उसोतः केन्याले वन र वन्यजन्तु संरक्षणलाई आफ्नो अमूल्य सम्पत्तिको रुपमा समेत लिने गर्छ ।
Comments
अरु समाचार
-
पूर्वमन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चले दियो आदेश
काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई रिहा गर्न आदेश दिएको छ। बिहीबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल...
-
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरूले कानुन विपरीत उठाउँदै आएको भर्ना र अन्य शुल्क फिर्ता गराउन...
-
विद्युतीय भुक्तानी कार्डमा राष्ट्र बैंकको कडाई, एकीकृत निर्देशन २०८२ जारी
काठमाडौं । नेपाल राष्ट्र बैंक ले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ जारी गर्दै विद्युतीय भुक्तानी कार्ड सञ्चालनमा थप स्पष्टता र...
-
आर्थिक अपराध नियन्त्रणमा प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिना (चैत) को अवधिमा एक हजार १६६ वटा मुद्दा दर्ता गरेको छ ।...
-
न्यायालयमा ४० वर्ष बिताएका संखुवासभाका भण्डारी ‘सम्पत्ति छानबिन आयोग’ को संयोजक
काठमाडौं । सरकारले सम्पत्ति जाँचबुझ छानबिन आयोगको संयोजकमा संखुवासभा स्थायी घर भएका सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीलाई चयन गरेको छ...
-
यी हुन् पछिल्लो पटक मन्त्रिपरिषद् बैठकले गरेका मुख्य निर्णयहरू
काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका...
-
१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द
काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका...
-
नयाँ वर्षमा बाह्र हजार बढीले गरे मुक्तिनाथको दर्शन
मुस्ताङ । नयाँ वर्ष २०८३ सालको पहिलो दिन मुक्तिनाथ मन्दिरमा करिव बाह्र हजार धार्मिक तिर्थालुले दर्शन गरेका छन् । सुस्वास्थ्य,...
-
आजदेखि देशभर दोस्रो आर्थिक गणना सुरु हुँदै
काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका...












