प्रधानमन्त्रीलाई गगनको सुझाव: ‘आइन्दा त्यस्ता कुराहरु नदोहोरियोस्’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उत्तेजक अभिव्यक्ति नदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।
प्रधानमन्त्री ओलीले बागमती प्रदेशका वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जेठ १५ गते काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएका थिए ।
सोहि निर्देशनलक्षित गर्दै कांग्रेस महामन्त्री थापाले आगामी दिनमा यस्तो प्रकारको उत्तेजक अभिव्यक्ति नदिन ध्यानाकार्षण गराएका हुन् ।
सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो भनेका हुन् ।
‘कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्नेकुरा कल्पना पनि गरिँदैन । जे जस्ता कुराहरु बाहिर सुनियो, आइन्दा त्यस्ता कुराहरु नदोहोरियोस्’, उनले भने ।
Comments
अरु समाचार
-
साउन २१ गतेभित्र शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासङ्घको चेतावनी
काठमाडौं । नेपाल शिक्षक महासङ्घले साउन २१ गतेभित्र विद्यालय शिक्षा ऐन जारी नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । महासङ्घले...
-
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताएका छन् । उनले सम्बन्धलाई अझ...
-
एमाले पोलिटब्युरो बैठक दिउँसो १ बजेदेखि बस्दै, विधान प्रस्ताव अनुमोदन गरिने
काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक दिउँसो १ बजे बोलाइएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा विहान ११ बजेका...
-
किन हटाइयो एमालेमा उमेर हद र दुई कार्यकालको व्यवस्था ?
काठमाडौं । नेकपा एमालेले अब ७० वर्ष उमेर हद र कार्यकारी पदमा दुई कार्यकालको सीमा लागू नहुने निर्णय गरेको छ।...
-
आज एमाले सचिवालयको बैठक बस्दै
काठमाडौं । अाज विहीबार दिउँसो १ बजे नेकपा (एमाले)काे सचिवालय बैठक बस्ने भएकाे । यस विषयमा एमाले स्थायी कमिटी सदस्य...
-
किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा निर्वाचित
काठमाडौं । वरिष्ठ पत्रकार, जनअास्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा निर्वाचित भएका...
-
रास्वपाले भाेलि ३ बजे बनस्थलीमा पत्रकार सम्मेलन गर्ने
काठमाडौं । संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ । भोलि दिउँसो साढे...
-
सरकारबाट बाहिरियो जसपा, राष्ट्रियसभामा सत्तापक्ष अल्पमतमा !
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली...
-
मेयर साब घुस लिँदालिँदै अख्तियारको पञ्जामा
काठमाडौं । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साहलाई घुस लिँदालिँदै पक्राउ गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले...