विश्वको साझा भविष्यका लागि दलहरूको भूमिका अपरिहार्य : पूर्व राष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागद्वारा बेइजिङमा आयोजित “छिमेकी देशहरूसँग साझा भविष्य निर्माण- राजनीतिक दलहरूको भूमिका” विषयक संवाद सम्मेलनलाई सम्बोधन गर्नुभएको छ।
सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले विश्वमा भइरहेको तीव्र परिवर्तन र जटिलताका बीच साझा भविष्य निर्माणका लागि राजनीतिक दलहरूको भूमिका अपरिहार्य रहेको बताउनुभयो।
पूर्वराष्ट्रपति भण्डारीले नेपालको वर्तमान यात्रा लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, शान्तिपूर्ण सामाजिक रूपान्तरण र आर्थिक समृद्धिमा केन्द्रित रहेको उल्लेख गर्नुभयो।
पूर्वराष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक, र आपसी विश्वासमा आधारित रहेको बताउनुभयो। उहाँले यस सम्बन्धलाई ‘राजनीतिक, आर्थिक र कूटनीतिक आयाममा मात्र सीमित नभई भावनात्मक निकटता र आपसी सहयोगको गहिरो परम्पराले जोडिएको उल्लेख गर्नुभयो ।
आर्थिक सहकार्य र साझा समृद्धिको आधारमा दुई देशबीचको मित्रता थप बलियो र विश्वसनीय बन्दै गएको उहाँको भनाइ थियो।
पूर्वराष्ट्रपति भण्डारीले तत्कालीन महासचिव स्वर्गीय मदन भण्डारीले प्रतिपादन गर्नुभएको ‘जनताको बहुदलीय जनवाद’ को सिद्धान्तले समाजवाद निर्माणका लागि मौलिक अवधारणा प्रस्तुत गरेको स्मरण गर्नुभयो।
नेपाल कम्युनिष्ट पार्टी एमालेले आफ्नै विशिष्ट परिस्थितिमा सामाजिक–आर्थिक रूपान्तरणको मार्ग अवलम्बन गर्दै आएको उहाँले बताउनुभयो। नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वमा गठित वर्तमान सरकार ‘ समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने साझा राष्ट्रिय अभियानमा अग्रसर भइरहेको जानकारी गराउनुभयो।
उहाँले छिमेकी देशहरूबारे शान्तिपूर्ण, सुरक्षित, समृद्ध, सुन्दर र मैत्रीपूर्ण घर निर्माण गर्ने साझा दृष्टिकोण प्रस्तुत गरेकोमा चिनियाँ कम्युनिष्ट पार्टीलाई धन्यवाद दिनुभयो।
उहाँले राष्ट्रपति सी चिनफिङले ‘जब एसिया हाम्रो हुन्छ, सम्पूर्ण विश्वलाई फाइदा हुन्छ’ भन्दै सधैँ जोड दिँदै आउनुभएको स्मरण गराउनुभयो। यो अभिव्यक्तिले छिमेकी राष्ट्रहरूसँग साझा भविष्य भएको समुदाय निर्माण गर्ने चीनको दीर्घकालीन दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने उहाँको भनाइ थियो।
पूर्वराष्ट्रपति भण्डारीले एसियाली मुलुकहरूबिचको सहकार्य एक राम्रो सुरुवात भएको र यसले एसियाको पुनर्जागरणलाई उजागर गरेको विश्वास व्यक्त गर्नुभयो। उहाँले यस संवाद कार्यक्रमलाई केवल एक बैठक मात्र नभई भविष्य निर्माण प्रक्रियाको महत्त्वपूर्ण कडी भएको बताउँदै यस्ता संवाद विषयगत र नियमित बनुन् भन्ने चाहना व्यक्त गर्नुभयो।
Comments
अरु समाचार
-
सुक्खाग्रस्त क्षेत्र मधेशका ८ जिल्लामा कृषि मन्त्रालयको टोली जाँदै
काठमाण्डौं । पर्याप्त पानी नपरेपछि रोपाइँ हुन नसकेको सुक्खाग्रस्त क्षेत्र मधेश प्रदेशका ८ जिल्लामा अध्ययनका लागि कृषि मन्त्रालयको टोली जाने...
-
आज कोशी र गण्डकीका भारी वर्षा हुनसक्ने !
काठमाडौं । आज कोशी, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको पूर्वानुमान महाशाखाले जनाएको छ । हाल...
-
साउन २१ गतेभित्र शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासङ्घको चेतावनी
काठमाडौं । नेपाल शिक्षक महासङ्घले साउन २१ गतेभित्र विद्यालय शिक्षा ऐन जारी नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । महासङ्घले...
-
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताएका छन् । उनले सम्बन्धलाई अझ...
-
आइतबारदेखि नेपालमा भारी वर्षाको हुने, सचेत रहन आग्रह !
काठमाडौं । शनिबार रातिदेखि नेपालमा भारी वर्षा सुरु हुने मौसमविद्हरुले पूर्वानुमान गरेका छन्। अहिले भारतको उत्तरप्रदेशतर्फ रहेको मनसुनी रेखा नेपालतिर...
-
दस्तावेज संरक्षित गर्दै सर्वोच्च, न्यायाधीश फुयालको सक्रियतामा २०१० सालको नजिर प्रकाशन
काठमाडाैं । सर्वोच्च अदालतले नजिर प्रणालीलाई व्यवस्थित, पारदर्शी र सर्वसुलभ बनाउन ठूलो महत्त्वपूर्ण पहल थालेको छ। न्यायाधीश हरिप्रसाद फुयालको संयोजकत्वमा...
-
धितोपत्रको दोस्रो बजार कारोबारमा ‘रेकर्ड ब्रेक’
काठमाडौँ: अर्थतन्त्रका केही क्षेत्र सुस्त रहेको बेला आर्थिक वर्ष २०८१\८२ मा धितोपत्रको दोस्रो बजार कारोबारमा भने ऐतिहासिक रेकर्ड कायम भएको...
-
किन हटाइयो एमालेमा उमेर हद र दुई कार्यकालको व्यवस्था ?
काठमाडौं । नेकपा एमालेले अब ७० वर्ष उमेर हद र कार्यकारी पदमा दुई कार्यकालको सीमा लागू नहुने निर्णय गरेको छ।...
-
अमेरिकामा ७.३ रेक्टरस्केलकाे भूकम्प
काठमाडौं । अमेरिकी राज्य अलास्काको तटमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पले सुनामी चेतावनी जारी समेत गरेको थियो ।...