ताजा समाचार

कारभित्र एकै परिवारका सात जना मृत फेला

काठमाडौं । भारतको हरियाणास्थित पंचकुलामा एउटा कारभित्र सात जना मृत फेला परेका छन् ।

पंचकुलाका डीसीपी हिमाद्री कौशिकले मृतक सबै एकै परिवारका भएको र उनीहरूको पहिचान भइसकेको बीबीसी हिन्दीलाई बताएका छन् ।

सोमबार भएको उक्त घटना प्रथम दृष्टिमै आत्महत्याको घटनाजस्तो देखिएको उनको भनाइ छ । यस्तै समाचार एजेन्सी पीटीआईले मृतकहरू देहरादुनका एकै परिवारका सदस्य रहेको उल्लेख गरेको छ ।

गएराति मिडियासँग कुरा गर्दै डीसीपी हिमाद्री कौशिकले सरसरती हेर्दा यो आत्महत्याको घटना देखिएको र सबै फोरेन्सिक प्रमाणहरू सङ्कलन गरिएको बताए । यो घटनाको गहन अनुसन्धान गरिने डीसीपी कौशिकले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org