सवारी दुर्घटनामा परी एकै परिवारको तीन जनाको मृत्यु
काठमाडौं । वीरगन्जमा गएराति भएको सवारी दुर्घटनामा परी एकै परिवारको तीन जनाको मृत्यु भएको छ।
दुर्घटनामा बाराको पचरौता नगरपालिका वडा नम्बर १ पिपरपाटी निवासी धर्मराज महतोकी श्रीमती, आमा र पाँच महिनाका छोराको मृत्यु भएको हो ।
पाँच महिनाका छोराको उपचारका लागि भारतको रक्सौल गएका महतो परिवार मोटरसाइकलमा घर फर्किने क्रममा सीमावर्ती छौडादानोस्थित बखरीटोल नजिक उक्त दुर्घटना भएको जनाइएको छ। दुर्घटनामा गम्भीर घाइते भएका धर्मराज महतोको हाल भारतको मोतिहारीस्थित अस्पतालमा उपचार भइरहेको छ, र उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
धर्मराज महतो विपन्न परिवारका सदस्य भएको जानकारी दिँदै पचरौता नगरपालिकाका नगर प्रमुख जालन्धर सिंहले उपचार तथा परिवारका अन्य खर्चका लागि महतोलाई आर्थिक अभाव भएको बताए ।
मानवताको आधारमा आफूले १ लाख रुपैयाँ नगद सहयोग गरिसकेको जनाउँदै नगर प्रमुख सिंहले थप सहयोगका लागि सबै दातासमक्ष अपिल समेत गिरेका छन् ।
Comments
अरु समाचार
-
गोरु पाल्ने कृषकलाई गाउँपालिकाको आर्थिक अनुदान !
काठमाडौं । तनहुँ जिल्लाको म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा हल गोरु पाल्ने २७५ कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ...
-
सुक्खाग्रस्त क्षेत्र मधेशका ८ जिल्लामा कृषि मन्त्रालयको टोली जाँदै
काठमाण्डौं । पर्याप्त पानी नपरेपछि रोपाइँ हुन नसकेको सुक्खाग्रस्त क्षेत्र मधेश प्रदेशका ८ जिल्लामा अध्ययनका लागि कृषि मन्त्रालयको टोली जाने...
-
आज कोशी र गण्डकीका भारी वर्षा हुनसक्ने !
काठमाडौं । आज कोशी, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको पूर्वानुमान महाशाखाले जनाएको छ । हाल...
-
आइतबारदेखि नेपालमा भारी वर्षाको हुने, सचेत रहन आग्रह !
काठमाडौं । शनिबार रातिदेखि नेपालमा भारी वर्षा सुरु हुने मौसमविद्हरुले पूर्वानुमान गरेका छन्। अहिले भारतको उत्तरप्रदेशतर्फ रहेको मनसुनी रेखा नेपालतिर...
-
केही स्थानमा आज अत्यधिक वर्षा हुने पूर्वानुमान
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान...
-
इलाममा दाजुभाइमाथि धारिलो हतियार प्रहार, भाइकाे मृत्यु
काठमाडौं । इलामको माईजोगमाई गाउँपालिका–२ तारसिंङ गाउँमा दाजुभाइमाथि धारिलो हतियार प्रहार भएको छ । हतियार प्रहारबाट २१ वर्षीय प्रकाश चापागाईंको...
-
सिवाइसी नेपाल लघुवित्त “उत्कृष्ट बचतकर्ता” सम्मान सोलुका पदम तामाङलाई
काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, सोलु शाखाले पदम तामाङलाई “उत्कृष्ट बचतकर्ता” घोषित गर्दै सम्मान गरेको छ ।...
-
मेयर साब घुस लिँदालिँदै अख्तियारको पञ्जामा
काठमाडौं । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साहलाई घुस लिँदालिँदै पक्राउ गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले...
-
पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध
काठमाडौं । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी–कोरला सडक पहिरोका कारण अवरुद्ध बनेको छ । गए...