सशस्त्र प्रहरीमा वरियता मिच्न विचाैलियाको अनाैठो सक्रियता, एआईजीको चर्को दाैडमा को-को ?
भाग १
काठमाडाैं । सशस्त्र प्रहरीमा विचाैलिया राज माैलाउन थालेपछि रोचक किस्साहरु सार्वजनिक हुन थालेका छन् ।
सशस्त्रमा एआईजी बढुवाका लागि वरियता मिच्न खोज्दा समस्या सिर्जना भएको बताइन्छ । अहिले अध्यागमनको प्रकरणले सरकारमाथि प्रश्न उठिरहेको बेला सशस्त्रको बढुवा प्रकरणमा देखिएको संकटले अर्को ठूलो समस्या निम्तिने स्रोतको दाबी छ ।
गृहमन्त्री रमेश लेखकमाथि चाैतर्फी प्रश्न उठिरहेको बेला गृहसचिवकै नेतृत्वमा हुने बढुवा समितिले अहिलेसम्म बढुवा गर्न नसक्नुले शंका उब्जिएको छ भने विचाैलियाले बन्द कोठामै बढुवाको सूची बनाएर थम्याउन थालेको चर्चा छ ।
बैशाख ३ गते खाली भएको २१ गते सूचना जारी भएपनि बढुवा नहुनुमा विचाैलियाको चलखेल तीब्र बनेको बताइन्छ ।
गृहमन्त्रालयका सचिव गोकर्णमणी दुवाडी नेतृत्वको बढुवा समितिमा सशस्त्र प्रहरीका महानिरिक्षक राजु अर्याल पनि हुन्छन् । तर, उनीहरुले सशस्त्रको एआईजी बढुवामा बरियता मिच्दै कनिष्ठलाई माथिल्लो पदमा पदस्थापन गर्न बढुवाको अन्तिम तयारी गरिरहेको स्रोतको दाबी छ ।
इलामतिरका चर्चित विचाैलिया तारा सापकोटाले ब्रिफकेश नै बोकेर कहिले गृह त कहिले सशस्त्र प्रहरीको हेडक्वाटरदेखि राजनीतिक नेतृत्वसम्म पुग्न थालेको स्रोतको दाबी छ ।
सापकोटाले बढुवामा देखाएको अनाैठो सक्रियताबारे न्यूज नेपालले प्रश्न गर्नका लागि गृहसचिव दुवाडी र महानिरिक्षक अर्याललाई फोन सम्पर्क गर्दा फोन उठेन् ।
सापकोटासंगै २०५८ साल माघ १० गते स्याङ्जाको भालुपहाडमा एक महिलासहित तीनजनालाई हत्तिया गरेको अभियोगमा सम्मानित रुपमा बाँच्न पाउने अधिकार हनन गरेको आरोपमा राष्ट्रिय मानव अधिकार आयोगदेखि अन्य संवैधानिक आयोगमा समेत पटक-पटक बयान दिइरहेका एक अधिकारीसमेत बढुवाको सूचीमा रहेका छन् ।
अहिले सशस्त्र प्रहरीमा विचाैलियाराजले स्थान पाउँदा १ वर्षपछि हुने महानिरिक्षकको नियुक्तिमा ठूलो प्रभाव पार्नेछ । अहिले डीआइजीबाट जो एआईजीमा पहिलो हुँदै बढुवा हुन्छ त्यहि आइजीपी बन्नेहुनाले पनि विचाैलियाको सक्रियता व्यापक बनेको स्रोतको दाबी छ ।
एआईजीका लागि सशस्त्रको एआईजी बढुवाका लागि प्रतिष्पर्धाका लागि डीआईजीहरू कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, कालिदास धौवजी, कुमार न्यौपाने, लक्ष्मणबहादुर सिंह, प्रदीपकुमार पाल, अञ्जनीकुमार पोखरेल, सुरेश श्रेष्ठ लगायतले आवेदन दिएका छन् ।
सम्पादकीय नोटः सशस्त्रमा विचाैलियाले महानिरिक्षकमा कसलाई अघि सार्दैछन भन्ने अर्को भागमा सार्वजनिक गर्नेछाैं ।
Comments
अरु समाचार
-
प्रधानमन्त्रीको अध्यक्षतामा शासकीय सुधार आयोगको पहिलो बैठक सम्पन्न
काठमाडाैं । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोगको पहिलो बैठक सम्पन्न भएको छ । बुधवार सिंहदरबारमा सम्पन्न बैठकमा...
-
ट्रम्पलाई इरानको ठाडो चुनौति, अमेरिकाले अब के गर्छ ?
काठमाडाैं । मध्यपूर्वको तनाव थप बढ्ने देखिएको छ । इरान–इजरायल युद्ध थप उग्र बन्दै गएपछि अवस्था खराब हुने संकेत देखिएको...
-
सर्वोच्चले गर्यो दीपक मनाङेको सांसद पद खारेज
काठमाडौं । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजिव गुरुङ 'दिपक मनाङ्गे'को सांसद पद खारेज भएको छ । सर्वोच्च अदालतले मनाङ्गेको सांसद...
-
इजरायलबाट उद्दार तथा स्वदेश फिर्ताका लागि दूतावासले थाल्यो अनलाइन रजिष्ट्रेसन
काठमाडौं । इजरायलको तेल अभिभस्थित नेपाली दूतावासले इजरायलमा रहेका नेपालीको उद्दार गर्न रजिष्ट्रेसन प्रक्रिया शुरु गरेको छ । तेल अभिभस्थित...
-
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच वालुवाटारमा भेटवार्ता
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीसंग डेढ घण्टा लामो छलफल गरेकी छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पूर्वराष्ट्रपति...
-
विभिन्न जिल्लाका प्रजिअसहित २१ कर्मचारीको सरूवा
काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रजिअसहितका २१ कर्मचारीको सरूवा तथा पदस्थापन गरेको छ । मन्त्रालयको निर्णयानुसार राजपत्राङ्कित प्रथम र...
-
इरानी नेता खोमिनीलाई आत्मसमर्पण गर्न ट्रम्पले दिए सुझाव
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सर्वोच्च नेता आयतुल्लाह खोमिनीलाई आत्मसमर्पण गर्न सुझाव दिनुभएको छ । ट्रम्पले तत्कालका लागि...
-
किन बस्दैछ कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ?
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले...
-
टी-२० क्रिकेट: स्कटल्यान्डमाथि नेपालको दुई विकेटको जित
काठमाडौं । स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोलीलाई हराएको छ ।गएराति भएकोे खेलमा...