ताजा समाचार

विवादास्पद गणेश ठाडामगर सशस्त्रको एआइजीमा बढुवा, विचाैलिया हर्षित !

काठमाडाैं । सशस्त्र प्रहरीको एआइजीमा विवादीत छविका गणेश ठाडामगर बढुवा हुन सफल भएका छन् ।

‘गणेश ठाडामगर पहिलो नम्बरका डीआइजी कमल गिरीलाई उछिन्दै बढुवा हुन सफल भएका छन् । ठूलो आर्थिक चलखेल र विचाैलियाले आफ्नो जितको रुपमा उनलाई सफल बनाएका छन्।’ स्रोतले न्यूज नेपाललाई भन्यो ।

गम्भीर मानव अधिकार उल्लङ्घनको आरोपमा मानव अधिकार आयोगदेखि विभिन्न आयोगमा बयान दिदै हिड्ने बाध्यतामा रहेका र बयान दिइसकेका ठाडामगर एआइजीमा बढुवा भएपनि आधिकारिक रुपमा सार्वजनिक भने गरिएको छैन् ।

हत्या आरोप र बयानको सन्दर्भ
हत्या आरोप र बयानको सन्दर्भ

सशस्त्रमा वरियता मिच्दै गरिएको बढुवा आइजीपी प्रकरणसम्म जोडिने भएकाले पनि यसलाई अर्थपूर्ण मानिएको छ । एकवर्षपछि रिक्त हुने आइजीपीका लागि विवादास्पद छविका ठाडामगरलाइ अघि बढाउने विचाैलियाको तयारी पुरा भएको स्रोतको दाबी छ।

यो पनिः सशस्त्र प्रहरीमा वरियता मिच्न विचाैलियाको अनाैठो सक्रियता, एआईजीको चर्को दाैडमा को-को ?

एआईजीका लागि सशस्त्रको एआईजी बढुवाका लागि प्रतिष्पर्धाका लागि डीआईजीहरू कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, कालिदास धौवजी, कुमार न्यौपाने, लक्ष्मणबहादुर सिंह, प्रदीपकुमार पाल, अञ्जनीकुमार पोखरेल, सुरेश श्रेष्ठ लगायतले आवेदन दिएका छन् । यसमा पहिलो नम्बरका गिरी पछि परेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org