संसदको अवरोध हटाउन सभामुखको पहल, कार्यव्यवस्थाको बैठकअघि सचेतकहरुसँग छलफल !
काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न भएको भन्दै प्रतिपक्षी दलहरुले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेसँगै अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाएका छन्।
गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध पार्ने भएपछि सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठकअघि प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाएका हुन्।
सदनको अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डर लगायत विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।
सभामुखको सचिवालयका अनुसार शुक्रबार बिहान ११ बजे प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाइएको छ। त्यसपछि मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ।
Comments
अरु समाचार
-
रास्वपामा मुकुलले चुकुल खोल्ने देखिएपछि हटाइयो कार्यबाहकको फुर्को
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यबाहकको फुर्को आपतकाल परेपछि हटाएको छ । कार्यबाहक महामन्त्री र प्रवक्ताको जिम्मेवारीलाई रास्वपाले...
-
प्रतिनिधिसभाको बैठक आज पनि, यस्तो छ कार्यसूची
काठमाडौं । सरकारले गत जेठ १५ गते संसद्मा प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८२’ माथिको छलफल जारी छ । प्रतिनिधिसभाको आज...
-
उपनिर्वाचनबारे प्रधानमन्त्रीसँग आयोगको परामर्श !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त...
-
सिंहदरबारमा छलफलमा जुटे प्रमुख तीन दलका शीर्ष नेता
काठमाडौँ । शीर्ष तीन नेताहरूको बैठक सुरू भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा तीन शीर्ष नेताको बैठक सुरू भएको हो। बैठकमा...
-
भिजिट भिसामा सेटिङः नारायणकाजीको ६ बुँदे खेलोफड्को र रवि कनेक्सन !
काठमाडाैं । भिजिट भिसा प्रकरणलाई व्यवस्थित पार्दै आर्थिक अशुलीलाई चेन अफ कमाण्डमा लैजाने तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले कार्यकालको केहि समय...
-
प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिने
काठमाडौँ । प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री केपी...
-
सांसद मेटमणी चाैधरीविरुद्ध ५ करोड ४० लाखको चेक अनादरको जाहेरी
दाङ । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणी चाेधरीविरुद्ध बैंकिङ कसुरमा जाहेरी परेको छ। नेकपा एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका सांसद...
-
माधव र रवि संसदीय दलको नेता बनिरहनु अवैध !
काठमाडौं । संसदमा सुशासनको मुद्दा चर्काएका दुई पार्टीमाथि गम्भीर आरोप लाग्न थालेको छ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी...
-
ओली देउवाबीच सघन छलफल, के भयो कुराकानी ?
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी ओलीसंग भेट्न दलबलसहित पुगेका छन् । बुधबार साँझ पार्टी...