ताजा समाचार

मेस्सीको उत्कृष्ठ प्रर्दशनमा कोलम्बसविरुद्ध मियामीको फराकिलो जित !

काठमाडौं । मेजर लिग सकर (एमएलएस)मा इन्टर मियामीले कोलम्बसलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ। गएराती भएको खेलमा मियामीले कोलम्बसलाई फराकिलो गोल अन्तरले पराजित गरेको हो ।

खेल सुरुभएको १३ औं मिनेटमा टाडेओ अलेन्डेले गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाएका थिए। त्यसपछि, इन्टर मियामीका कप्तान तथा स्टार खेलाडी लियोनेल मेस्सीले १५ औं र २४ औं मिनेटमा दुई गोल गर्दै टोलीको अग्रता ३–० पुर्याए।

दोस्रो हाफमा, कोलम्बसका लागि सिजर रुवाल्काबाले ५८ औं मिनेटमा एक गोल फर्काए। तर, इन्टर मियामीले आफ्नो आक्रामक खेल जारी राख्यो । लुइस सुआरेजले ६४ औं मिनेटमा गोल गरे भने खेलको अन्त्यतिर ८९औं मिनेटमा फाफा पिकाउल्टले गोल गर्दै इन्टर मियामीलाई ५–१ को शानदार जित दिलाए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org