ताजा समाचार

पूर्वराष्ट्रपति भण्डारी १० दिने चीन भ्रमण सकेर स्वदेश फिर्ता !

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणपछि स्वदेश फर्किएकी छन् ।

जेठ १० गते चीन भ्रमणमा गएकी पूर्वराष्ट्रपति भण्डारी आज स्वदेश फर्किएकी हुन् । एमालेका नेतादेखि मन्त्रीसमेतलाई लिएर चीन गएकी भण्डारीले उच्चस्तरिय भेटवार्ता गरेर नेपाल फर्किएकी हुन् ।

एमाले विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी, नेता कर्णबहादुर थापा लगायतलाई लिएर चीन भ्रमणमा निस्किएकी भण्डारीले शनिबार गान्सु प्रदेशमा चिनियाँ उपराष्ट्रपति हान चेङसँग भेटवार्ता गरेकी थिइन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको आठौं वरियतामा रहेका चेङसंगको भेटलाई अर्थपूर्ण मानिएको छ । चिनियाँ पक्षले भण्डारीलाई उच्चस्तरको महत्व दिएर नेपालका कम्युनिस्ट पार्टीलाई नयाँ सन्देश पठाएको अर्थमा हेरिएको छ।

त्यसअघि बेइजिङ पुग्नासाथ विद्या भण्डारीले सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओसँग भेटवार्ता गरेकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org