आईसीसी लिग–२ः आज नेपालले पहिलो खेल स्कटल्यान्डसँग खेल्दै !
काठमाडौं । आजबाट नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गतको नयाँ श्रृङ्खलाको पहिलो खेल स्कटल्याण्डसँग खेल्दैछ । नेपाल, नेदरल्याण्ड्स र स्कटल्याण्ड सहितको त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले घरेलु टोलीसँग पहिलो खेल खेल्न लागेको हो ।
नेपालले करिब ७ महिनापछि ओडिआई खेल खेल्न लागेका हो । यसअघि नेपालले सन्२०२४ मा स्कटल्याण्डसँग नै ओडिआई खेल खेलेको थियो । उक्त खेल नतिजाविहीन बनेको थियो । सन् २०२४ को नोभेम्बरमा भएको नेपाल, अमेरिका र स्कटल्याण्डबिचको त्रिकोणात्मक सिरिजअन्तर्गतको उक्त खेलमा दुवै टोलीले एक–एक अंक बाँडेका थिए । त्यसयता नेपालले कुनै पनि ओडिआई खेल खेलेको छैन ।
यो सिरिजमा नेपालले ४ खेल खेल्नेछ । अंक तालिकाको पुछारमा रहेको नेपाललाई यो सिरिज निकै महत्वपूर्ण हुनेछ । दुवै टोली आईसीसीको ओडिआई वरियतामा माथि हुँदा आफ्नो पक्षमा नतिजा निकाल्न नेपाललाई चुनौती हुनेछ । यस्तै राम्रो नतिजा निकाल्दै अंकतालिकाको पुछारबाट उक्लिने अवसर पनि नेपाललाई हुनेछ ।
नेपाल १७ औं स्थानमा रहँदा स्कटल्याण्ड १३ औं र नेदरल्याण्ड्स १४औं स्थानमा छन् । लिग–२ मा पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् यी दुई टोलीले । २० खेल खेलेको नेदरल्याण्ड्स १२ जितसहित दोस्रो स्थानमा छ । १६ खेलबाट ९ जित निकालेको स्कटल्याण्ड २० अंकसहित चौथो स्थानमा छ । १२ खेलमा मात्र २ खेलमा जित निकालेको नेपाल ६ अंकसहित अंकतालिकाको पुछारमा छ ।
आजको खेल नेपाली समय अनुसार दिउँसो पौनै ४ बजेबाट सुरु हुनेछ ।
Comments
अरु समाचार
-
नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीलाई इरानमा साढे ७ वर्षको जेल सजाय
काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई इरानको एक अदालतले साढे सात वर्षको जेल सजाय सुनाएको छ । उनका...
-
प्राधिकरणले कर्मचारीलाई भन्यो- सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादाको ख्याल गर
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराएको छ...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
महाशिवरात्रिका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२...
-
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रुपमा मनाइने
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने भएको छ । २००७ साल फागुन ७ गते नेपालमा राणाशासनको अन्त्य गरी...
-
कोइलाखानी विस्फोटमा दाजुभाइको मृत्यु
काठमाडौं । भारतको उत्तर पूर्वमा पार्ने मेघालय राज्यको एक कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिकाका एकै घरका २ दाजुभाइको...
-
निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम
काठमाडौँ। निर्वाचन आयोगले विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको जनाएको छ । आयोगले उपलब्ध गराएको विवरणअनुसार...
-
भण्डारीले सिध्याए निर्वाचन आयोगको साख, अधिकारै नभएको न्यायाधीश नियुक्तिमा लगाम !
काठमाडाैं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा संस्थापन पक्षको भनाइ राख्ने मौकासमेत नदिई एकोहोरो गगन थापा समूहलाई बैधानिकता दिएपछि विवादमा परेको...
-
निर्वाचन सुरक्षाका लागि आजदेखि फिल्डमा नेपाली सेना
काठमाडौं । आगामी निर्वाचनमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्ने क्रममा आजदेखि नेपाली सेना परिचालन गरिएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ,...











