आईसीसी लिग–२ः आज नेपालले पहिलो खेल स्कटल्यान्डसँग खेल्दै !
काठमाडौं । आजबाट नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गतको नयाँ श्रृङ्खलाको पहिलो खेल स्कटल्याण्डसँग खेल्दैछ । नेपाल, नेदरल्याण्ड्स र स्कटल्याण्ड सहितको त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले घरेलु टोलीसँग पहिलो खेल खेल्न लागेको हो ।
नेपालले करिब ७ महिनापछि ओडिआई खेल खेल्न लागेका हो । यसअघि नेपालले सन्२०२४ मा स्कटल्याण्डसँग नै ओडिआई खेल खेलेको थियो । उक्त खेल नतिजाविहीन बनेको थियो । सन् २०२४ को नोभेम्बरमा भएको नेपाल, अमेरिका र स्कटल्याण्डबिचको त्रिकोणात्मक सिरिजअन्तर्गतको उक्त खेलमा दुवै टोलीले एक–एक अंक बाँडेका थिए । त्यसयता नेपालले कुनै पनि ओडिआई खेल खेलेको छैन ।
यो सिरिजमा नेपालले ४ खेल खेल्नेछ । अंक तालिकाको पुछारमा रहेको नेपाललाई यो सिरिज निकै महत्वपूर्ण हुनेछ । दुवै टोली आईसीसीको ओडिआई वरियतामा माथि हुँदा आफ्नो पक्षमा नतिजा निकाल्न नेपाललाई चुनौती हुनेछ । यस्तै राम्रो नतिजा निकाल्दै अंकतालिकाको पुछारबाट उक्लिने अवसर पनि नेपाललाई हुनेछ ।
नेपाल १७ औं स्थानमा रहँदा स्कटल्याण्ड १३ औं र नेदरल्याण्ड्स १४औं स्थानमा छन् । लिग–२ मा पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् यी दुई टोलीले । २० खेल खेलेको नेदरल्याण्ड्स १२ जितसहित दोस्रो स्थानमा छ । १६ खेलबाट ९ जित निकालेको स्कटल्याण्ड २० अंकसहित चौथो स्थानमा छ । १२ खेलमा मात्र २ खेलमा जित निकालेको नेपाल ६ अंकसहित अंकतालिकाको पुछारमा छ ।
आजको खेल नेपाली समय अनुसार दिउँसो पौनै ४ बजेबाट सुरु हुनेछ ।
Comments
अरु समाचार
-
रास्वपामा मुकुलले चुकुल खोल्ने देखिएपछि हटाइयो कार्यबाहकको फुर्को
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यबाहकको फुर्को आपतकाल परेपछि हटाएको छ । कार्यबाहक महामन्त्री र प्रवक्ताको जिम्मेवारीलाई रास्वपाले...
-
इजरायल-इरानको ‘क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली’ कति शक्तिशाली ?
काठमाडौं । इजरेलसँग विश्वकै सबभन्दा परीक्षित क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली रहेको विश्वास सामान्यतया गरिन्छ। तर इरानसँगको आक्रमण प्रत्याक्रमणका दौरान केही क्षेप्यास्त्रले...
-
प्रतिनिधिसभाको बैठक आज पनि, यस्तो छ कार्यसूची
काठमाडौं । सरकारले गत जेठ १५ गते संसद्मा प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८२’ माथिको छलफल जारी छ । प्रतिनिधिसभाको आज...
-
नेपाल र स्कटल्यान्डको खेलमा कसको कति रन-विकेट ?
काठमाण्डौ। त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि घरेलु टोली स्कटल्यान्डले जितेको छ । गएराति भएको खेलमा नेपाल स्कटल्यान्डसँग ३४ रनले पराजित...
-
आजको राशिफल: २०८२ असार ७ गते शनिबार
मेष:साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा...
-
बीपी राजमार्गमा राति यात्रुवाहक सवारी चलाउन रोक
काठमाडौं । बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा १५ दिनका लागि रातिको समयमा यात्रुवाहक सवारी साधन चलाउन रोक लगाइएको छ।...
-
सिंहदरबारमा छलफलमा जुटे प्रमुख तीन दलका शीर्ष नेता
काठमाडौँ । शीर्ष तीन नेताहरूको बैठक सुरू भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा तीन शीर्ष नेताको बैठक सुरू भएको हो। बैठकमा...
-
भिजिट भिसामा सेटिङः नारायणकाजीको ६ बुँदे खेलोफड्को र रवि कनेक्सन !
काठमाडाैं । भिजिट भिसा प्रकरणलाई व्यवस्थित पार्दै आर्थिक अशुलीलाई चेन अफ कमाण्डमा लैजाने तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले कार्यकालको केहि समय...
-
इरानविरुद्ध अमेरिकाले हमला गर्ने नगर्ने भन्नेमा ट्रम्पले दुई सातामा निर्णय लिने
काठमाडौं । इजरायल-इरान युद्ध चलिरहेको बेला अमेरिकाले के गर्ला ? अहिले यो विषय प्रमुख चासोको रुपमा देखिएको छ । इरानमाथि...