२०७२ को भूकम्पपछि बन्द भएको बालाजुको ‘स्विमीङ पुल’ १० वर्षपछि सञ्चालनमा !
काठमाडौं । काठमाडौंको बालाजुमा रहेको पौडी पोखरी सञ्चालनमा ल्याएको छ । वि.सं २०७२ को भूकम्पपछि बन्द भएको पौडी पोखरी मर्मतसम्भार गरी आजदेखि सञ्चालनमा ल्याइएको हो ।
सञ्चालनको पहिलो दिन २०५ जनाले सेवा लिँदा रु ४० हजार शुल्क सङ्कलन भएको बालाजु बाइसधारा उद्यान कार्यालयका प्रमुख निरञ्जनविक्रम बस्नेतले जानकारी दिए। आर्थिक वर्ष २०८१/८२ का लागि काठमाडौं महानगरपालिकाले जारी गरेको आर्थिक ऐन अनुसारको शुल्क निर्धारण गरिएको हो । पौडी पोखरी सञ्चालनका लागि मस्यौदा कार्यविधि तयार भइसकेको छ । कार्यविधि र आर्थिक वर्ष २०८२/८३ का लागि जारी गरिने आर्थिक ऐनबाट स्थानीयका माग सम्बोधन गरिने बताइएको छ ।
अठार लाख लिटर पानी अटाउने उक्त पोखरीको लम्बाइ ५० मिटर र चौडाइ १८ मिटर छ । गहिराइ ३ देखि १० फिटसम्म छ । पोखरीको पानी शुद्ध बनाउन पानी प्रशोधन प्लान्ट छ भने पानीको पिएच भ्यालु र क्लोरिन भ्यालुको सन्तुलन गर्न स्वचालित डिजिटल प्रणाली जडान गरिएको छ ।
बालाजु बाइसधारा उद्यान १५८ रोपनी क्षेत्रफलमा फैलिएको छ । तत्कालीन राजा जयप्रकाश मल्लको पालामा २१ वटा धारा निर्माण गरिएका थिए । पछि रणबहादुर शाहले बीचमा एउटा ठूलो धारा निर्माण गराएपछि यसको नाम बाइस धारा रहन गएको हो । वि.सं २०१८ मा तत्कालिन राजा महेन्द्र शाहको पालामा बालाजु बाइसधारा उद्यान निर्माण भएको हो । सर्वसाधारणका लागि भने यो २०२१ सालदेखि खुला गरिएको हो ।
भूकम्पले पोखरीको संरचना चर्किएपछि पानी चुहिन थालेको थियो । रु सात करोड ४३ लाख ३१ हजारको लागतमा २०८० चैत १९ गते पोखरी पुनःनिर्माण गरिएको प्रमुख बस्नेतले बताए।
Comments
अरु समाचार
-
खाँदबारीमा पारुहाङ र सुम्निमाको शालिक अनावरण !
काठमाडौं । संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका– १, ढोलबाजे डाँडामा पारुहाङ र सुम्निमाको शालिक अनावरण भएको छ । खाँदबारी नगरपालिकाको आर्थिक...
-
तुइनबाट महाकालीमा खसेर एकजना बेपत्ता
काठमाडौं । तुइनबाट महाकाली नदीमा खसेर एकजना बेपत्ता भएका छन् । व्यास गाउँपालिका–२ दुम्लिङस्थित तुइनबाट आज महाकाली नदीमा खसेर स्थानीय...
-
विषालु च्याउ खाँदा एकैपरिवारका पाँचजना बिरामी
काठमाडौं । कञ्चनपुरमा विषालु च्याउ खाँदा एकैपरिवारका पाँचजना बिरामी भएका छन् । दोधारा–चाँदनी नगरपालिका– ६ स्थित कालागडका ६३ वर्षीय कालु...
-
जिल्लाभरिका छाउगोठ भत्काउन निर्देशन
काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउगोठमा सुतेकी महिलाको सर्पले टोकेर मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ९ वटै पालिकालाई पत्राचार...
-
मंगलबार यी प्रदेश्मा हल्कादेखि मध्यम वर्षा
काठमाण्डौ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पछिल्लो ३ घण्टामा...
-
बबई नदिमा पौडी खेल्न क्रममा विद्यार्थी गायब
काठमाडौं । दाङको बबई नदिमा पौडी खेल्न गएका दुईजना विद्यार्थीको नदिमा डुबेर बेपत्ता भएका छन् । बबई गाउँपालिकाको पुरन्धारा छहरा...
-
संखुवासभा सहित ३७ जिल्ला बाढीको जोखिममा
काठमाडौं । आज ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाञ्चोक, काभ्रे, काठमाण्डौ, ललितपुर, भक्तपुरमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले...
-
सुनसरीमा गोली हानेर सालीको हत्या
काठमाडौं । सुनसरीको हरिनगर गाउँपालिका– ६ घुस्कीमा भिनाजुले गोली हानेर सालीको हत्या गरेका छन् । गएराती करिब १ बजे १८...
-
सडक भासिएपछि अवरुद्ध अरनिको राजमार्ग पुनः सञ्चालनमा
काठमाडौं । सडक भासिएर बन्द भएको अरनिको राजमार्ग पुनः सञ्चालनमा आएको छ । सो राजमार्ग भएर अहिले सबै सवारीसाधन चल्न...