स्वदेशी तथा आयातित वस्तुमा कडा अनुगमन, व्यवसायीमा त्रास
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपालमा उत्पादित तथा बाहिरबाट आयात गरिएका वस्तुमा लेबलिङ तथा एमआरपी अनिवार्य गरी अनुगमनलाई तिब्रता दिएको छ । विभागले एक्कासी अनुगमन थालेपछि व्यवसायीहरूमा त्रास सृजना भएको छ । अर्थतन्त्र शिथिल भएको अवस्थामा राज्यले व्यवसायीलाई तर्साउने र धम्क्याउने तरिकाले लेबलिङ र एमआरपीको विषय उठाएको व्यवसायीहरूको गुनासो छ ।
“हामीले विभागलाई सकेसम्म सहयोग गर्छौं नै,” एक व्यवसायीले भने, “तर अनुगमनका नाममा एकाएक आएर सानो त्रुटि देखिहाले जरिबाना तिराउनै हतार देखियो । हामीले पनि केही कुरा जानेका हुदैनौँ । हामीलाई सहयोग गरेर सुधार गर्नु भने पनि त हुन्छ ।” ती व्यवसायीले सानो–सानो कुरामा दुःख दिने नियत राखेको हुँदा आफूहरु बाध्य भएर विरोधमा उत्रिनुपर्ने अवस्था आएको बताए ।
“सानो व्यापार व्यवसाय भइरहेको ठाउँमा ५–१० रुपैयाँका सामग्री देखाउँदै किन एमआरपी नराखेको भनेर विभागका अधिकारीले पहिले प्रश्न गर्ने, अनि जरिबाना तिराउनै हतार गर्ने परिपाटी बढ्न थाल्यो,” ती व्यवसायीले भने, “समस्यामा परेका व्यवसायीलाई तर्साएर होइन, फकाएर व्यापार बढाएर राज्यले कर लिनुपर्यो ।”
नेपाल चेम्बर अफ कमर्सले बुधबार एक विज्ञप्ति जारी गरेर विभागको यो कार्यमा विरोध जनाएको छ । उपभोक्ता र व्यवसायीलाई थाहा पाउने गरी प्रचार–प्रसार गर्ने र यसका लागि समय दिएर अनुगमन गर्नुपर्ने व्यवसायीको भनाइ छ । तर, नियतबश बेला–बेला गरिएका यस्ता अनुगमनले व्यवसायीलाई तर्साउनुबाहेक अरू केही नहुने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए ।
“अहिले वाणिज्य विभागले बेमौसमी बाजा बजायो, यो समय लेबलिङ र एमआरपी जाँच गर्ने हैन,” उनले बाह्रखरीसित भने, “यहाँ साना साना व्यवसायीलाई पनि कसरी जरिबाना तिराउने भन्नेमा विभागको ध्यान गएको छ । अर्कोतिर हामीले बाहिरी देशबाट ल्याउने पाटपुर्जा धेरै किसिमका हुन्छन् । कुन पार्टको कसरी लेबलिङ गर्ने र एमआरपी राख्ने ? एकाएक सरकारी निकायले त्रसित पार्न यस्ता किसिमका हर्कत गर्नु उचित हैन ।”
त्यसैगरी समय नदिइ एक्कासी अनुगमन गर्दा त्यसको नकारात्मक प्रभाव परेको चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपक मलहोत्रा बताउँछन् । ऐन तथा नियम पालना व्यवसायीले पनि गर्ने भन्दै सरकारी निकायले प्रभावकारी तथा दिगो रूपमाभन्दा क्षणिक फाइदाका लागि व्यवसायीहरूलाई त्रासमा पार्न एक्कासी लेबलिङका कुरा झिकेको उनी बताउँछन् ।
“विभागले आफ्नो हिसाबले रिटेलरमा गएर लेबलिङ हेर्ने र कारबाही गर्ने गरेको छ । तर, डिस्ट्रिब्युटर र सप्लायर्सबाट नै लेबलिङ लगाउनुपर्ने हो,” उनले बाह्रखरीसित भने, “समय दिएर सबैलाई जानकारी गराउनुपर्यो । प्राविधिक कुरा नबुझी विभागका कर्मचारीले जरिबाना गर्ने गरेका छन् ।”
विभागले ०८२ वैशाख २१ गते वस्तुको लेबल सम्बन्धी एक सूचना जारी गरेको थियो । यही सूचनाका आधारमा विभागले अहिले बजार अनुगमनलाई तिब्रता दिएको छ । विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६ को उपदफा ३ बमोजिम बजार अनुगमन गरिरहेको छ ।
यो ऐन ०७५ सालमा जारी भएको भए पनि ऐनअनुसार बजार अनुगमन तथा बजार सञ्चालन भएको छैन । यो ऐनमा आयातकर्ताको नाम, ठेगाना, वस्तुमा राखिएको तत्वहरूको मिश्रण, परिमाण, तौल, गुणस्तर, उत्पादन मिति, अधिकतम बिक्री मूल्य, ब्याच नम्बर, उपभोग्य अवधि आदि खुलाउनुपर्ने स्पष्ट व्यवस्था छ ।त्यसैगरी आयात गरिएका वस्तुको हकमा एमआरपी उल्लेख भए नयाँ उल्लेख गर्न नहुने पनि व्यवस्था छ । त्यस्तो एमआरपी नछोपिने गरी बिक्रेताले बिक्री मूल्य तोक्न सक्ने पनि व्यवस्था छ । अहिले ऐनको व्यवस्थालाई कार्यान्वयन गर्नेभन्दै विभागले बजार अनुगमनलाई तिब्रता दिएको छ ।
दैनिक जरिबाना पनि गराउँदै आएको छ । यसरी बजारमा दैनिक जरिबाना गराउन थालिएपछि व्यवसायीहरू आक्रोसित छन् । अनुगमन गर्ने नै भए बेमौसमीभन्दा नियमित गर्नुपर्ने भन्दै व्यवसायीहरू उपझोता र बिक्रेतालाई पनि सुसुचित गराउनुपर्ने बताउँछन् । यस्ता प्राविधिक विषयमा उपभोक्ता र बिक्रेतालाई नै सचेत गराउनुपर्ने व्यवसायीको भनाइ छ ।
Comments
अरु समाचार
-
प्रधानमन्त्रीको अध्यक्षतामा शासकीय सुधार आयोगको पहिलो बैठक सम्पन्न
काठमाडाैं । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोगको पहिलो बैठक सम्पन्न भएको छ । बुधवार सिंहदरबारमा सम्पन्न बैठकमा...
-
ट्रम्पलाई इरानको ठाडो चुनौति, अमेरिकाले अब के गर्छ ?
काठमाडाैं । मध्यपूर्वको तनाव थप बढ्ने देखिएको छ । इरान–इजरायल युद्ध थप उग्र बन्दै गएपछि अवस्था खराब हुने संकेत देखिएको...
-
सर्वोच्चले गर्यो दीपक मनाङेको सांसद पद खारेज
काठमाडौं । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजिव गुरुङ 'दिपक मनाङ्गे'को सांसद पद खारेज भएको छ । सर्वोच्च अदालतले मनाङ्गेको सांसद...
-
इजरायलबाट उद्दार तथा स्वदेश फिर्ताका लागि दूतावासले थाल्यो अनलाइन रजिष्ट्रेसन
काठमाडौं । इजरायलको तेल अभिभस्थित नेपाली दूतावासले इजरायलमा रहेका नेपालीको उद्दार गर्न रजिष्ट्रेसन प्रक्रिया शुरु गरेको छ । तेल अभिभस्थित...
-
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच वालुवाटारमा भेटवार्ता
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीसंग डेढ घण्टा लामो छलफल गरेकी छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पूर्वराष्ट्रपति...
-
विभिन्न जिल्लाका प्रजिअसहित २१ कर्मचारीको सरूवा
काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रजिअसहितका २१ कर्मचारीको सरूवा तथा पदस्थापन गरेको छ । मन्त्रालयको निर्णयानुसार राजपत्राङ्कित प्रथम र...
-
इरानी नेता खोमिनीलाई आत्मसमर्पण गर्न ट्रम्पले दिए सुझाव
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सर्वोच्च नेता आयतुल्लाह खोमिनीलाई आत्मसमर्पण गर्न सुझाव दिनुभएको छ । ट्रम्पले तत्कालका लागि...
-
किन बस्दैछ कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ?
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले...
-
टी-२० क्रिकेट: स्कटल्यान्डमाथि नेपालको दुई विकेटको जित
काठमाडौं । स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोलीलाई हराएको छ ।गएराति भएकोे खेलमा...