के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । ‘न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ’ भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा फेरि विवादमा परेका छन् ।
यसपटक उनको बोलीले मात्र नभई बोली, व्यवहार तथा आचरणले उनी विवादमा परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा चलाएपछि उनी बुद्धनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालय पुगेका थिए । त्यहाँ भलाकुसारीपछि उनी विवादास्पद छविका वरिष्ठ अधिवक्ता गोविन्द वन्दीसहित कार्यालयबाट बाहिरिँदै थिए ।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालविरुद्ध मुद्दा परेका दिन सो पार्टी कार्यालयमा पत्रकारको बाक्लो उपस्थिति स्वाभाविक नै थियो । त्यहाँ पत्रकारहरूको चहलपहल थियो । थापाहरू निस्कने क्रममा पत्रकारहरू नजिक पुगे र कसैले फोटो त कसैले भिडियो खिच्न थाले ।
त्यसक्रममा एक्कासी थापाले मोबाइल र चस्मा समाएको देब्रे हातले एक क्यामरामाथि प्रहार गरे । उनको बाहुबली शैलीले क्यामरा तल धकेलियो ।
त्यसपछि थापाले प्रश्न गरेँ- ‘के गरेको यो ? पत्रकारले फोटो खिचेको भनेर कुनै अनुमति लिनु पर्दैन ।’
त्यसपछि पत्रकारहरू स्वाभाविक रूपमै उनीमाथि प्रश्न बोकेर जाइलागे । पत्रकारहरूले भने- ‘यो पार्टी कार्यालय हो, यो सार्वजनिक स्थल हो ।’ थापा आफ्नो गाडीतिर बढ्दै थिए । पत्रकारहरू भन्दै थिए- ‘वकिल भएर यस्तो गर्ने ? क्यामरामा हिर्काउने ।’
थापा पत्रकारहरूलाई हेर्दै ‘के गर्नुहुन्छ त मलाई तपाईँहरूले भन्दै आँखा तर्दै अगाडि बढे ।
पत्रकारहरूले वरिष्ठ अधिवक्ता भएर पनि कानून थाहा छैन भनेर परैबाटै प्रश्न गरिरहेका थिए । यति घटनाक्रमपछि थापालाई उनका सहयोगीले गाडीभित्र छिराए ।
थापासँगै आएका विवादास्पद छविका गोविन्द वन्दी पत्रकारहरूमाथि ज्यादती हुँदा पनि मूकदर्शक बनेका थिए । हुन त बन्दी माधव नेपालकै निगाहमा कानून मन्त्री बन्दा लेनदेनका आधारमा न्यायाधीश गर्न खोजेको भनी विवादमा परेका थिए । काम फत्ते नभएपछि लिइएको रकमको हिसाब मिलान अझै भइनसकेको चर्चा सर्वोच्च अदालततिर हुने गरेको छ ।
वरिष्ठ अधिवक्ता थापा यसअघि एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै ‘न्यायाधीशहरूलाई वकिलहरूले घुस दिने गरेको’ बताएको सन्दर्भलाई कानून व्यवसायीहरूले अझै कलंकको टीकाको रूपमा स्मरण गर्ने गरेका छन् ।
थापाले संवैधानिक इजलासमा संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्तिविरुद्धको रिटमा बहसका क्रममा पनि आचारसंहिता विपरीत व्यक्तिगत टिप्पणीहरू गरेका थिए ।
थापाले महान्यायाधिवक्ता रमेश बडाललाई ‘महान्यायाधिवक्तो’ भनेर सम्बोधन गरेपछि न्यायाधीश र त्यहाँ पुगेका कानून व्यवसायीहरू अचम्मित भएका थिए ।
४७ वर्ष वकालतका क्रममा थापा प्रभावशाली गनिन्थे । तर समय सदैव एकनास रहँदो रहेनछ । पछिल्लो एक दशकयता थापाको साख गिर्दो छ । उनी अब वकालती क्षेत्रमा लोप हुने अवस्थामा पुगेका छन् । आक्रामक र रुखो प्रस्तुति, मुद्दामा तथ्यको अध्ययनमा अरुचि, समय व्यवस्थापनमा समस्या त उनको पुरानै समस्या थियो नै तर अब व्यक्तिगत लाञ्छनादेखि पत्रकारमाथिको दुर्व्यवहारले अब थापाको दिन सकिएको संकेत गरेको छ ।
भिडियोः
Comments
अरु समाचार
-
महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी, रास्वपाले समर्थन गर्ने
काठमाडौं । शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका छन् । उनले जिल्ला निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता...
-
कांग्रेस सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवार !
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
जगदीश खरेलको रास्वपाबाट ललितपुर–२ मा उम्मेदवारी पक्का !
काठमाडौं । सञ्चारमन्त्री पदबाट सोमबार राजीनामा दिएका जगदीश खरेल मंगलबार औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्ने भएका छन्...
-
यस्तो छ आज प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता कार्यक्रम, आयोगले भन्यो- तडकभडक नगर्नू
काठमाडौँ – प्रतिनिधिसभा सदस्यका लागि आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि आज देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ...
-
प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फ आज उम्मेदवारी दर्ता हुँदै
काठमाण्डौ – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले...
-
सुरक्षाको अवस्था राम्रो बनाइनुपर्छ, जुनसुकै अवस्थामा पनि चुनाव लड्छौं :ओली
काठमाण्डाै – नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले जुनसुकै अवस्थामा पनि चुनावमा जाने बताउनुभएको छ ।...
-
बालेनले जनकपुरको भाषणमा भने– म काम गर्ने मान्छे हुँ, भाषण होइन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले आफू भाषणभन्दा काम गर्ने मान्छे भएको बताएका छन्। बालेनले काठमाडौं महानगरपालिकाको...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...











