नेतृत्वप्रति असंतुष्ट तरुण दलका नेता–कार्यकर्ता सडकमा
काठमाडौं । तरुण दलका अध्यक्ष विद्वान गुरुङले सङ्गठनलाई तहसनहस बनाएको आरोप लगाउँदै असन्तुष्ट नेता-कार्यकर्ताहरू सडकमा उत्रिएका छन् । पार्टी नेतृत्वको ध्यानाकर्षण गराउनको लागि भन्दै शुक्रबार असन्तुष्ट नेता तथा कार्यकर्ताहरू सडकमा उत्रिएका हुन् । अध्यक्ष गुरुङ नेतृत्वको समितिले अधिवेशन गराउन नसक्ने भन्दै तरुण दलकै अर्कै समूहले मोटरसाइकल र्यालीसहित प्रदर्शन गर्यो । केन्द्रीय सदस्यहरू रोजन राई, सरोज न्यौपानलगायत नेतृत्व टोलीले नाराबाजीसहित प्रदर्शन गर्दै अध्यक्ष गुरुङ महाधिवेशन गराउन असक्षम रहेको प्रतिक्रिया दिए । मोटरसाइकलमा नाराबाजीसहितको प्रदर्शनपछि उनीहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेर पत्रकार सम्मेलन पनि गरे । तर उनीहरूलाई प्रवेश गर्न नदिन बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
तरुण दलका केन्द्रीय सदस्य रोजन राईले अध्यक्ष गुरुङले सङ्गठनको अधिवेशन गराउन नसक्ने निष्कर्षसहित आफूहरू विरोधमा निस्कन बाध्य भएको जनाएका छन् । उनले भने, ‘महाधिवेशन गर्ने उहाँले अझै कुनै क्रियाकलाप अघि बढाउनुभएको छैन । केन्द्रीय सदस्यहरूसँग कुनै छलफल नै नगरी तरुण दललाई प्रालिको रूपमा अगाडि बढाउने प्रयास गरियो । त्यसैले हामीे विरोधमा उत्रिएका हौँ ।’ गत चैतमा पार्टीले दिएको वैधानिक समय सकिएको भन्दै आफूहरू अहिले अवैध केन्द्रीय सदस्य बन्नु परेको उनले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छन् ।
केन्द्रीय सदस्य राईले थपे, ‘अध्यक्ष गुरुगले अधिवेशन गराउनेतिर नसोच्ने र एकलौटी ढङ्गले अगाडि बढाउन खोज्दै हुनुहुन्छ । बहुमत केन्द्रीय कमिटीसँग परामर्शपछि उहाँबाट अब अधिवेशन हुन नसक्ने निष्कर्षमा हामी पुगिसकेका छौँ ।’ पार्टी सभापतिसहित पदाधिकारीसँग यसबारेमा आफूहरूले छलफल गरिसकेको पनि राईले जानकारी दिएका छन् । अधिवेशनको नाममा केन्द्रीय समितिलाई थाहै नदिई आफ्नै साथीहरू माझ हानाहान र काटमारको अवस्था सिर्जना गराएको आरोप पनि राईले लगाएका छन् ।

तरुण दलमा आबद्ध असंतुष्ट पक्षका नेताहरुले वर्तमान नेतृत्वबाट तरुण दलको महाधिवेशन हुन नसक्ने ठहर गर्दै तदर्थ समितिको म्याद नथप्न आग्रह गरेका छन् । शुक्रबार पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘तदर्थ समितिको मूल उद्देश्य र पार्टीले दिएको मूल जिम्मेवारी नै तरुण दलको महाधिवेशन हो भनेर हामी केन्द्रीय सदस्यहरूले भनिरहँदा उहाँ भने काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर लागिरहनुभयो । कहिले भइरहेको तरुण दलको घर भत्काएर नयाँ घर बनाउने भन्दै लाग्नु भयो ।’
विज्ञप्तिमा थप लेखिएको छ, ‘तरुण दलको सार्वजनिक सम्पत्ति घर बनाउँदा होस वा भत्काउँदा केन्द्रीय समितिलाई जानकारी हुन पर्दैन र ? तरुण दलको अधिवेशन कुनकुन जिल्लामा हुदैछ, को को केन्द्रीय प्रतिनिधि तोकिँदै छन् केन्द्रीय समितिले थाहा पाउनु जरुरी छैन र ? यसैको परिणाम आज तीन वर्षसम्म पनि महाधिवेशनमार्फत तरुण दललाई नयाँ नेतृत्व हस्तान्तरण गर्न नसक्ने असक्षम नेतृत्वको साक्षी वस्न परिरहेको छ ।’
पटक म्याद थप्दा पनि महाधिवेशन गर्न नसक्ने त्यही नेतृत्व र त्यही प्रवृत्तिले फेरि महाधिवेशन गर्न सक्छु भनेर म्याद थपिमाग्ने खोजेको उनीहरूको बुझाइ छ । ‘कांग्रेसले अन्तिम पटक भन्दै समय थप्दा २०८१ चैत मसान्तबाट स्वतः विघटन हुने भन्ने भाषाको मर्म, धर्म र नैतिकतालाई आत्मसात् गर्दै नयाँ तदर्थ समितिको माग गर्दछौँ। फेरि म्याद थप गरिमाग्ने र तरुण दललाई मागिखाने भाँडो बनाउने विषयको विपक्षमा हामी बहुसङ्ख्यक केन्द्रीय सदस्यहरू रहेको जानकारी गराउँदछौँ’ विज्ञप्तिमा भनिएको छ । २०७८ चैत ९ गते कांग्रेस सभापति शेरबहादर देउवाले तरुण दलको अध्यक्षमा गुरुङलाई मनोनित गरेका थिए । तरुण दलको ४०१ केन्द्रीय समिति छ ।
तरूण दलको महाधिवेशन नभएको करिब १० वर्ष हुन लागेको छ। नेपाली कांग्रेसले तरूण दल, नेविसंघ, महिला संघ, किसान संघजस्ता भ्रातृ संस्थाको नियमित अधिवेशन गराउन सकेको छैन भने तदर्थ समिति गठन गर्दै आइरहेको छ। यी भ्रातृ संस्थाको म्याद गत चैत मसान्तमै सकिएको हो। तर हालैको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले नयाँ तदर्थ समिति गठनभन्दा पनि अहिलेकालाई नै निरन्तरता दिने कुरा राखेपछि तरूण दलभित्रका असन्तुष्ट पक्षले प्रदर्शन गरेका हुन्।
Comments
अरु समाचार
-
प्रधानमन्त्रीको अध्यक्षतामा शासकीय सुधार आयोगको पहिलो बैठक सम्पन्न
काठमाडाैं । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोगको पहिलो बैठक सम्पन्न भएको छ । बुधवार सिंहदरबारमा सम्पन्न बैठकमा...
-
ट्रम्पलाई इरानको ठाडो चुनौति, अमेरिकाले अब के गर्छ ?
काठमाडाैं । मध्यपूर्वको तनाव थप बढ्ने देखिएको छ । इरान–इजरायल युद्ध थप उग्र बन्दै गएपछि अवस्था खराब हुने संकेत देखिएको...
-
सर्वोच्चले गर्यो दीपक मनाङेको सांसद पद खारेज
काठमाडौं । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजिव गुरुङ 'दिपक मनाङ्गे'को सांसद पद खारेज भएको छ । सर्वोच्च अदालतले मनाङ्गेको सांसद...
-
इजरायलबाट उद्दार तथा स्वदेश फिर्ताका लागि दूतावासले थाल्यो अनलाइन रजिष्ट्रेसन
काठमाडौं । इजरायलको तेल अभिभस्थित नेपाली दूतावासले इजरायलमा रहेका नेपालीको उद्दार गर्न रजिष्ट्रेसन प्रक्रिया शुरु गरेको छ । तेल अभिभस्थित...
-
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच वालुवाटारमा भेटवार्ता
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीसंग डेढ घण्टा लामो छलफल गरेकी छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पूर्वराष्ट्रपति...
-
विभिन्न जिल्लाका प्रजिअसहित २१ कर्मचारीको सरूवा
काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रजिअसहितका २१ कर्मचारीको सरूवा तथा पदस्थापन गरेको छ । मन्त्रालयको निर्णयानुसार राजपत्राङ्कित प्रथम र...
-
इरानी नेता खोमिनीलाई आत्मसमर्पण गर्न ट्रम्पले दिए सुझाव
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सर्वोच्च नेता आयतुल्लाह खोमिनीलाई आत्मसमर्पण गर्न सुझाव दिनुभएको छ । ट्रम्पले तत्कालका लागि...
-
किन बस्दैछ कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ?
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले...
-
टी-२० क्रिकेट: स्कटल्यान्डमाथि नेपालको दुई विकेटको जित
काठमाडौं । स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोलीलाई हराएको छ ।गएराति भएकोे खेलमा...