ताजा समाचार

अनेरास्ववियुको महाधिवेशन प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन आजबाट शुरू हुँदैछ ।

जेठ २८ गतेसम्म चल्ने राष्ट्रिय महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष के.पी. शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । महाधिवेशनको उद्घाटन त्रि.वि स्मृति भवन कीर्तिपुरमा हुनेछ ।

बन्द सत्र पनि सोही हलमा हुने तालिका छ । महाधिवेशनमा करिब १५ सय प्रतिनिधि सहभागी हुनेछन । महाधिवेशनले अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव चार सचिवसहित १ सय ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

३२ वर्षे उमेरहद लागेकाले वर्तमान १७ सदस्यीय पदाधिकारीमध्ये अधिकांश बिदा हुनेछन्। पाँच जना सचिवहरू प्रकाश पौडेल, दीपक धामी, डा. सुजन कडरिया, अञ्जना शिवाकोटी र आरती भण्डारी मात्रै ३२ वर्षमुनिका भएकाले उनीहरुमध्ये एकजना अध्यक्ष हुने सम्भावना छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org