नेपालगञ्ज विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण अन्तिम चरणमा
काठमाडौं । नेपालगञ्ज विमानस्थलको नयाँ टर्मिनल भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
ब्लक ए, बी र सी सहित एप्रोन, पार्किङ, गेष्ट हाउस, नाला, फुटपाथ र शौचालयलगायत संरचना तोकिएको म्यादभन्दा अघि नै सम्पन्न हुने नेपालगञ्ज विमानस्थल आयोजनाकी इन्जिनियर स्मिता पुञ्जलीले जानकारी दिनुभयो।
शर्मा एण्ड कम्पनी प्रा.लि.ले सन् २०२२ डिसेम्बर १६ मा निर्माण सुरु गरेको यो परियोजना सन् २०२५ डिसेम्बर १५ भित्र सम्पन्न गर्ने गरी मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक २ अर्ब ७२ करोड रुपैयाँमा सम्झौता भएको हो।
हालसम्म करिब ७० प्रतिशत भौतिक प्रगति भएको छ। तर, कम्पनीले भुक्तानीको रूपमा १ अर्ब ५० करोड रुपैयाँमात्र पाएको इन्जिनियर पुञ्जलीले बताउनुभयो। चालु आर्थिक वर्षको बजेट सकिएकाले बाँकी रकम आगामी वर्षको बजेटबाट भुक्तानी गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो।
निर्माण कम्पनीका प्रतिनिधि राकेशकुमार शाहका अनुसार नेपालगञ्ज–गुलरिया हुलाकी सडक समयभन्दा १० महिना अगाडि सम्पन्न गरेजस्तै विमानस्थलको काम पनि समयमै सम्पन्न गरिनेछ। आगामी साउन महिनामा टर्मिनल भवन नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गर्ने योजना छ।
५५ हजार स्क्वायर फिट क्षेत्रफलमा अन्डरग्राउन्डसहित तीन तल्लाको टर्मिनल भवन अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको छ। भविष्यमा रनवे विस्तार भई अन्तर्राष्ट्रिय उडान सम्भव हुने आधार तयार गरिएको शाहले बताउनुभयो।
भवनमा एकै पटक ५ सय यात्रु अट्ने क्षमता रहेको छ। पूर्वाधार निर्माणले नेपालगञ्जको समग्र विकासमा टेवा पुग्ने नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठको भनाइ छ।
Comments
अरु समाचार
-
समानुपातिकतर्फका उम्मेदवारलाई भाेलि प्रमाणपत्र दिइने
काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ ।...
-
उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गयो, ५ जना घाइते
उदयपुर । उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । हावाहुरीले मृत्यु हुनेमा...
-
ग्यास सिलिण्डर कालोबजारी नियन्त्रणका लागि विभाग सक्रिय, ६ हजार सिलिन्डर बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगको गोदामबाट ठूलो मात्रामा ग्यास सिलिन्डर लुकाएर...
-
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित...
-
कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित समितिको विवरण संविधान एवं कानुनअनुसार अद्यावधिक गरिएको हो : निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूको विवरण आयोगको अभिलेखमा अद्यावधिक गर्दा नेपालको...
-
निर्वाचन आयोगले सार्वजनिक गर्यो समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नामावली (सूचीसहित)
काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका ११० सांसद निर्वाचित भएको घोषणा गरेको छ। प्रतिनिधि सभाको निर्वाचनमा पाएको मतका आधारमा दलहरूले समानुपातिक...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो
काठमाडाैँ । मध्यपूर्वी क्षेत्रमा तनाव चर्किरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५...
-
न्यायाधीश पाखरेलले स्वार्थ बाझिने रवि लामिछानेको मुद्धा हेर्न किन गरे जोड ?
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश सुनिल पोखरेलले स्वार्थ बाझिने रवि लामिछानेको मुद्धा हेर्न जोड दिएका छन् । न्यायाधीश पाखरेलले स्वार्थ...












