ठूला प्रकरणमा होमिएपछि चुलिदै अख्तियार प्रमुख राईको चर्चा
काठमाडाैं । भ्रष्टाचार प्ररकणमा साहसिक कदम चाल्न कस्सिएका अख्तियार प्रमुख प्रेम राईको प्रसंसा शुरु भएको छ ।
प्रमुख राईले अख्तियार प्रमुख बनेपछि भ्रष्टाचार नियन्त्रणका लागि चालेका कदमले भ्रष्टहरुको भागाभाग चलिरहेको भन्दै सामाजिक सञ्जालबाटै राईको प्रसंसा हुन थालेको छ ।
राईको प्रसंसा गर्दै भुराजनीतिक मामलाका जानकार केशवप्रसाद भट्टराईले सामाजिक सञ्जालमै भनेका छन्, ‘सर्वोच्चले उहाँको नियुक्ति सदर वा बदर जे सुकै गरोस् , अख्तियार प्रमुख प्रेमकुमार राईले एउटा इतिहास निर्माण गर्नुभएको छ । दवावले होस्, प्रभावले होस् वा जुनसुकै अन्य उद्देस्यले भएपनि नीतिगत निर्णयको निहुँ थापेर प्रधानमन्त्रीहरू अख्तियारको कारवाहीबाट उम्किने तर सो निर्णय हुँदाका मन्त्री, सचिव र अन्य कर्मचारी मात्र दोषी ठहरिने भ्रष्ट र कायर राज्य अभ्यासलाई अख्तियारले विराम लगाउनु स्वागतयोग्य कार्य हो ।

अख्तियारले सुशासनको जग बसाल्नका लागि बाटो निर्माण गर्न थालेको भन्दै सामाजिक सञ्जालबाट पछिल्लो समय राईको प्रसंसा गर्ने गरिएको छ ।
पूर्वप्रधानमन्त्री माधव नेपालदेखि नेपाल टेलिकम नेतृत्व र एमाले मधेस प्रदेशका सांसददेखि ठूला प्रकरणमा समेत अख्तियारले मुद्दा दायर गर्दै भ्रष्टचार नियन्त्रणमा कदम चालिरहेको छ ।
अख्तियारले सक्रियता बढाएसंगै भ्रष्टहरुको भागाभाग चलिरहेको छ भने अख्तियारमा पर्ने उजुरीमाथि समेत मिहिन अनुसन्धानका लागि राईले मातहतका कर्मचारीहरुलाई निर्देशन दिइसकेको स्रोतको भनाई छ ।
अख्तियारले अझैं केहि बहुचर्चित प्रकरणमा समेत अनुसन्धान गरिरहेको र छिुट्टै नतिजा आउने भनिएको छ।
Comments
अरु समाचार
-
अग्नि सापकोटा र भिजिट भिसा प्रकरणमा प्रचण्डः वाहियात कुप्रचार चलिरहेको छ
विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद खुलाउनका लागि सत्तारुढ दल कांग्रेस-एमालेसंग भएको सहमति आफ्नो पार्टीका...
-
इरानमाथि इजरायलले आक्रमण गरेर सार्वभाैमिकताको हनन गर्योः चीन
काठमाडाैं । इजरायलले इरानमा आक्रमण गरेपछि चीनले आक्रमणको कडा निन्दा गरेको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को आपतकालीन बैठकमा...
-
कानूनअनुसार न्याय खोजिएको हो, पाठकको मिडिया प्रेस काउन्सिलमा दर्ता रहेनछ: आरजु
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले कानून अनुसार न्याय खोज्दा घेरबन्दी भएको आरोप लगाएकी छन् । नेपाल रिपब्लिक मिडिया (नागरिक...
-
इजरायलले गर्यो इरानमा हमला, आक्रमणबारे अहिलेसम्म हामीलाई के थाहा छ ?
काठमाडाैं । इजरेलले इरानको परमाणु कार्यक्रमहरूमा हमला गरेको इजरेली डिफेन्स फोर्सले बताएको छ । इरानको राजधानी तेहरानका विभिन्न स्थानमा विस्फोटका...
-
न्यायाधीशमाथिको दुर्व्यवहार दणडनीयः संवैधानिक कानून व्यवसायी मञ्च
काठमाडाैं । उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासका न्यायाधीश खुशीराम थारुमाथि भएको दुर्व्यवहारमाथि संवैधानिक कानून व्यवसायी मञ्चले विरोध जनाएको छ ।...
-
एयर इन्डिया जहाज दुर्घटना : २०४ जनाको मृत्यु पुष्टि
काठमाडौं । गुजरातको अहमदाबाद विमानस्थलनजिकै भएको एयर इन्डियाको जहाज दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ । अहमदाबादबाट लन्डनका...
-
नेपाल र वेस्ट इन्डिजबीच टी २० आई सिरिज (खेल तालिका सहित)
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोली र वेस्ट इन्डिजबिचको ऐतिहासिक टी–२० शृंखला खेल्ने घोषणा गरेसँगै आम नेपाली क्रिकेट...
-
जसपाका मधेश प्रदेश सांसद सिंह अनामनगरबाट पक्राउ
काठमाडौं । जनता समाजवादी पार्टीका मधेश प्रदेशका सांसद सरोज कुमार सिंह पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...
-
बालेनविरुद्ध अख्तियारमा मुद्धा दर्ता, यस्तो छ आरोप..
काठमाडौं । युवराज पौडेल सफलले काठमाडौं महानगरपालिकाका प्रमुख मेयर बालेन्द्र शाहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा दर्ता गरेका छन् ।...