ठूला प्रकरणमा होमिएपछि चुलिदै अख्तियार प्रमुख राईको चर्चा
काठमाडाैं । भ्रष्टाचार प्ररकणमा साहसिक कदम चाल्न कस्सिएका अख्तियार प्रमुख प्रेम राईको प्रसंसा शुरु भएको छ ।
प्रमुख राईले अख्तियार प्रमुख बनेपछि भ्रष्टाचार नियन्त्रणका लागि चालेका कदमले भ्रष्टहरुको भागाभाग चलिरहेको भन्दै सामाजिक सञ्जालबाटै राईको प्रसंसा हुन थालेको छ ।
राईको प्रसंसा गर्दै भुराजनीतिक मामलाका जानकार केशवप्रसाद भट्टराईले सामाजिक सञ्जालमै भनेका छन्, ‘सर्वोच्चले उहाँको नियुक्ति सदर वा बदर जे सुकै गरोस् , अख्तियार प्रमुख प्रेमकुमार राईले एउटा इतिहास निर्माण गर्नुभएको छ । दवावले होस्, प्रभावले होस् वा जुनसुकै अन्य उद्देस्यले भएपनि नीतिगत निर्णयको निहुँ थापेर प्रधानमन्त्रीहरू अख्तियारको कारवाहीबाट उम्किने तर सो निर्णय हुँदाका मन्त्री, सचिव र अन्य कर्मचारी मात्र दोषी ठहरिने भ्रष्ट र कायर राज्य अभ्यासलाई अख्तियारले विराम लगाउनु स्वागतयोग्य कार्य हो ।
अख्तियारले सुशासनको जग बसाल्नका लागि बाटो निर्माण गर्न थालेको भन्दै सामाजिक सञ्जालबाट पछिल्लो समय राईको प्रसंसा गर्ने गरिएको छ ।
पूर्वप्रधानमन्त्री माधव नेपालदेखि नेपाल टेलिकम नेतृत्व र एमाले मधेस प्रदेशका सांसददेखि ठूला प्रकरणमा समेत अख्तियारले मुद्दा दायर गर्दै भ्रष्टचार नियन्त्रणमा कदम चालिरहेको छ ।
अख्तियारले सक्रियता बढाएसंगै भ्रष्टहरुको भागाभाग चलिरहेको छ भने अख्तियारमा पर्ने उजुरीमाथि समेत मिहिन अनुसन्धानका लागि राईले मातहतका कर्मचारीहरुलाई निर्देशन दिइसकेको स्रोतको भनाई छ ।
अख्तियारले अझैं केहि बहुचर्चित प्रकरणमा समेत अनुसन्धान गरिरहेको र छिुट्टै नतिजा आउने भनिएको छ।
Comments
अरु समाचार
-
खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग
काठमाडाैं । बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत सामग्रीको कृत्रिम अभाव देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्थानमा...
-
काठमाडौंको वायु प्रदूषण अस्वस्थ तहमा
काठमाडौं । काठमाडौंमा वायुको गुणस्तर खराब बन्दै गएको छ । आज बिहान काठमाडौंमा वायु प्रदूषणले अस्वस्थताको तह नाघेको छ ।...
-
नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीलाई इरानमा साढे ७ वर्षको जेल सजाय
काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई इरानको एक अदालतले साढे सात वर्षको जेल सजाय सुनाएको छ । उनका...
-
प्राधिकरणले कर्मचारीलाई भन्यो- सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादाको ख्याल गर
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराएको छ...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
महाशिवरात्रिका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२...
-
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रुपमा मनाइने
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने भएको छ । २००७ साल फागुन ७ गते नेपालमा राणाशासनको अन्त्य गरी...
-
कोइलाखानी विस्फोटमा दाजुभाइको मृत्यु
काठमाडौं । भारतको उत्तर पूर्वमा पार्ने मेघालय राज्यको एक कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिकाका एकै घरका २ दाजुभाइको...
-
निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम
काठमाडौँ। निर्वाचन आयोगले विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको जनाएको छ । आयोगले उपलब्ध गराएको विवरणअनुसार...











